ओली र प्रचण्डबीच सहमति जुटेन, मन्त्रिपरिषद् पुनगर्ठनमा अलमल

काठमाडौं २ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नजुट्दा सोमबार मन्त्रिपरिषद् पुनगर्ठन हुन सकेन ।

दुई अध्यक्ष सोमबार साँझ भेटेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कुन कुन मन्त्रीलाई हटाउने तथा कसलाई मन्त्री बनाउने भन्नेमा छलफल भएको बताइएको छ ।

नेकपा स्रोतले भन्यो, ‘दुई अध्यक्षबीच सहमति नजुट्दा एकदुई दिन मन्त्रिपरिषद् पुनगर्ठन होला जस्तो छैन ।’यसअघि आइतबार बसेको नेकपा सचिवालय बैठकमा सोमबार मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो ।

स्रोतकाअनुसार पूर्वमाओवादीबाट कृषिमन्त्री चन्द्रपाणी खनाल बलदेव र उद्योगमन्त्री मात्रिका यादव हट्ने पक्का छ । यस्तै पूर्व एमालेबाट महिला बलबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाउने पक्का जस्तै छ ।अरु कोको मन्त्री हटाउने भन्ने टुंगिएको छैन । यस्तै नयाँ मन्त्री को बन्ने भन्ने पनि प्रष्ट भइसकेको छैन । अनलाइनखबर

Facebook Comments