ए डिभिजन लिगमा आज शेर्पा र फ्रेण्ड्स भिड्ने

काठमाडौं २२ पुस । जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज ९मंगलबार० शेर्पा र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । रेलिगेशन जोनमा रहेका दुबै टिम पहिलो जित निकाल्दै लिग तालिकामा सुधार गर्न चाहन्छन् ।लिगको ४ खेल सकिदाँ दुवै टिमले जित निकाल्न सकेका छैनन् । दुई खेल बराबरी खेलेको शेर्पा २ अंक सहित तालिकाको १२ औं स्थानमा छ ।

फ्रेन्ड्स एक बराबरी र तीन हार सहित एक अंक जोडेर तालिकाको १३ औं स्थानमा छ ।दुवै टिम प्रतियोगितामा पहिलो जितको खोजीमा छन् । खबरहब

Facebook Comments