एनप्याव्सन कास्कीको बृहत् शैक्षिक प्रदर्शनी र लोकनृत्य प्रतियोगिता मंसिर २४ देखि २७ सम्म(video)

आरजू/पोखरा, मंसिर २१-राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल, नेसनल प्याव्सन कास्कीले तेश्रो बृहत शैक्षिक प्रदर्शनी एवं १३ लोकनृत्य प्रतियोगिता २०७६ मंसिर २४ देखि २७ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा आयोजना गर्ने घोषणा गरेको छ ।

शिक्षाको राष्ट्रिय तथा तहगत उद्येश्य प्राप्तिका लागि यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिईएको शनिवार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिनुभयो ।

“एन प्याव्सन कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय” मूल नारालाई आत्मसाथ गर्दै विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक, सिर्जनात्मक तथा सर्वाङ्गीण विकासका लागि प्रभावकारी भूमिका खेल्ने अपेक्षासहित तेश्रो बृहत् शैक्षिक प्रदर्शनी तथा लोकनृत्य प्रतियोगिता गर्न लागिएको अधिकारीले बताउनु भयो ।

एन प्याव्सनले विद्यार्थीकोलागि समय अनुसारको शिक्षा तथा वैज्ञानिक शिक्षा पद्धतीको सिकाईलाई जोड दिएको छ, वर्षेनि विभिन्न शैक्षिक, वौद्धिक, मनोवैज्ञानिक एवं खेलकुदका कार्यक्रमहरु गर्र्दै आएको छ, अधिकारीले भन्नुभयो :“यो पटक जिल्ला तहमा अन्तरविद्यालय स्तरीय बृहत् शैक्षिक प्रदर्शनी र लोकनृत्य प्रतियोगिता गर्न लागेका छौं ।”

विद्यार्थीका सिर्जना र उनिहरुको शैक्षिक गतिविधिले जनसमुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ, शैक्षिक प्रदर्शनीबाट विद्यार्थीलाई सामग्री केन्द्रीत शिक्षणपद्धती अपनाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने, देशले खोजेको जस्तो जनशक्ति उत्पादन गरेर बेरोजगार समस्या समाधानमा टेवा पुर्याउने विश्वास गरीएको अध्यक्ष अधिकारीले बताउनु भयो ।

पूर्व प्राथमिक तह, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन, भाषामा नेपाली र अंग्रेजीका विधाहरु प्रस्तुत गरीने भएको छ । प्रदर्शनीमा प्याव्सन कास्कीमा आवद्ध ४६ वटै विद्यालयको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

प्रदर्शनीलाई १ लाखले अवलोन गर्ने र आयोजनाको लागत ११ लाख खर्च लाग्ने अनुमान गरीएको छ । अवलोकनकोलागि विद्यार्थी, शिक्षक तथा अविभावकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको सचिव मनकाजि गुरुङले बताउनु भयो । कार्यक्रमलाई सम्पन्न गर्नको लागि १० वटा उपसमिति पनि गठन गरीएको मूल आयोजक समितिका संयोजक तथा एनप्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिनुभयो ।

by:aarju
by:aarju
Facebook Comments