एनएमबि बैंकले पोखरा महानगरपालीकालाई खाद्यान्न हस्तान्तरण


पोखरा बैशाख ८
एनएमबि बैंक पोखराले पोखरा महानगरपालीकालाई खाद्यान्न हस्तान्तरण गरेको छ। बैंकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुलिले कोभिड–१९ महामारी विरुद्धकोे लकडाउनले गर्दा भएको खाद्यान्न अभाव परिपूर्ति गर्न ७५० किलो चामल र २५० किलो दाल पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जिसीलाई नगर हस्तान्तरण गरेका हुन ।

कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।

Facebook Comments