एनएमबि बैंकद्वारा गण्डकी प्रदेश सरकारलाई १०० थान पीपीइ हस्तान्तरण

पोखरा, चैत्र २८-एनएमबि बैंकले गण्डकी प्रदेशसरकारलाई चिकित्सकका लागी आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छन् ।

एनएमबि बैंकका सञ्चालक योगेन्द्र लाल प्रधान र गण्डकी प्रदेश प्रमुख गणेश पराजुलिले संयुक्त रुपमा कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागी आवश्यक १०० थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) गण्डकी प्रदेशका मुख्य मन्त्रि माननीय श्री पृथ्वी सुब्बा गुरुङ्गलाई मुख्य मन्त्रि कार्यालयमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष हस्तान्तरण गरेका हुन ।

कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।

“यस महामारी विरुद्घको अभियानमा सरकारको पहलकलमीमा हामी पनि प्रतिबद्ध छौं”, सञ्चालक प्रधानले भन्नु भयो ।”

Facebook Comments