एनआरएन :सरकारलाई १ करोड सहयोग प्रतिवद्धता, स्वास्थ्य उपकरण र सुक्षाका सामाग्री उपलव्ध गराउने प्रकृया शुरु

संघका अन्तर्रा्ष्ट्रिय समन्वय परिषदका एक सदस्यले टेलिभिजनमा दिएको सार्वजनिक अभिव्यक्ति आधिकारीक होईन

अनआइनअन्नपूर्ण/पोखरा, चैत्र २०

कोभिड(१९ को महामारीले अहिले विश्वमा विकराल स्थिति सृजना भएको छ । यो रोगबाट हजारौंले ज्यान गुमाई सकेका छन् भने लाखौं संक्रमणमा परेका छन् । महामारीले देश भित्र र बाहिर बस्ने नेपालीहरुलाई समेत प्रभाव पारेकोले संघलाई दोहोरो चुनौति थपिएको बताएको छ । प्रत्येक जसो मुलुकमा अप्ठेरोमा परेका नेपालीहरुका साथै मुलुक भित्रकै नेपालीहरुलाई सहयोग गर्नु आफ्नो कर्तब्य भएको एनआरएनका प्रबक्ता डिबि क्षेत्रीद्वाारा जारि विज्ञप्तिमा उल्लेख छ ।

संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा संसारभरका विज्ञहरु रहेको एक उच्च स्तरिय समिति गठन गरी एक रणनितिक कार्ययोजना तयार गरिएको संघले जनाएको छ । सोही अनुरुपमा संघका विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषदहरुले नेपाली कुटनीतिक नियोगहरुको सहकार्यमा नेपाली समुदायलाई सहयोग गर्दै आएको समेत जानाकारी गराएको छ ।

साथै विगतमा महाभुकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा झैं कोभिड(१९ महामारीको बिरुद्ध लड्न नेपाल सरकारसँग गैरआवासीय नेपाली संघले सहकार्य गर्दै आएको कुरा स्मरण गरेको छ । संघले नेपाल सरकारलाई कम्तिमा रु १ करोडको सहयोग गर्ने प्रतिवद्धता गरि सकेको छ भने बिभिन्न मुलुकहरुवाट स्वास्थ्य परिक्षण उपकरण र स्वास्थकर्मीहरुका लागि सुक्षाका सामाग्री खरिद गरी नेपलमा उपलव्ध गराउने प्रकृया शुरु भैसकेको जनाएको छ ।

संघका अन्तर्रा्ष्ट्रिय समन्वय परिषदका एक सदस्यले टेलिभिजनमा दिएको सार्वजनिक अभिव्यक्ति आधिकारीक होईन

नेपाल सरकारले चिनबाट स्वास्थ्य परिक्षण उपकरण र सुरक्षा सामग्रीहरुको खरिद गर्दाको प्रकृया र खरिद मुल्यका वारेमा संघका अन्तर्रा्ष्ट्रिय समन्वय परिषदका एक सदस्यले टेलिभिजन कार्यक्रममा दिएको सार्वजनिक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । निजले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा नभएको प्रष्ट पार्न चाहान्छौं भनिएको छ

संघले तोकेको आधिकारीक व्यक्ति बाहेक अन्य व्यक्तिले दिएको अभिव्यक्ति संघको आधिकारिक धारणा हुन नसक्ने आमसंचार माध्यमलाई जानकारी गराईएको छ । खरिद प्रकृयाका बिषयमा कुनै कमिजोरी भए यसको छानबिन गर्ने जिम्मेवारी राज्यको सम्बन्धित निकायको हो । यो आपतकालिन अवस्थामा देश विदेशमा बस्ने सबै नेपालीहरुलाई यस महाप्रकोप विरुद्ध संपुर्ण मानवजातिसंग एकजुट भएर लड्न अनुरोध गर्दछौँ भनिएको छ ।

Facebook Comments