“एक नंबरमा चुनाव जित्छु” वैकल्पिक शक्तिको आवस्यक्ता :समाजवादी उम्मेदवार ई.गुरुङ-(video)

by:aarju

आरजू, पोखरा, कात्तिक २०-समाजवादी पार्टीबाट प्रतिनिधिसभा उपनिर्वाचन कास्की क्षेत्र नं २ का उम्मेदवार ईन्जिनियर धर्मराज गुरुङले आफुलाई निर्वाचन जित्ने आत्मविश्वस्त रहेको दावि गर्नुभएको छ । उहाँले भन्नुभयो :“पर्खिनुस् न म एक नंवरमा आउँछु ।”

जनतालाई छनौट गर्ने अधिकार छ, समाजवादी पार्टी अहिले वैकल्पिक शक्तिको रुपमा उभिएको छ, जनतामा धेरै निरासा छाएको छ, उहाँले भन्नुभयो :“जनताको निरासा वढाउने काम दलहरुले नै गरे, हामी नियम, कानून, सुशासन चाहिरहेका छौं, न्याय, समानता र समावेशीकरण खोजिरहेका छौं, यस्को अन्त्यको लागि हामीले जित्नुपर्छ ।”

रेडियो अन्नपूर्ण ९३.४ को छलफलमूलक कार्यक्रम आजको वैठकमा सहकर्मि दीपेन्द्र श्रेष्ठसंग कुराकानि गर्दै गुरुङले कानुन सबैका लागि बराबर लागु हुनुपर्र्छ, जनताले राज्यलाई कर तिरेपछि सुविधा खै त ? दश जोड दुईसम्म निःशुल्क पढ्न पाउनु पर्ने व्यवस्था हुनुपर्छ, समाजवादी उम्मेदवार गुरुङले भन्नुभयो ः“म मुखले भन्नु भन्दा, हातले काम गरेर देखाउने मान्छे हुँ, दक्ष जनशक्ति तयार गर्ने प्राविधिक शिक्षाको पक्षमा छु, त्यसैले जनतालाई न्यायाधिश ठानेको छु ।”

उच्च शिक्षाको लागि सरकारले दक्ष जनशक्ति तयार बनाउने शिक्षामा जोड दिनुपर्छ, हामीले कलेजमा विज्ञान संकायको पढाई, रेलवे, टेक्सटाईल ईन्जिनियरीङको पढाई हुनुपर्यो भनेका छौं, अहिले दक्ष जनशक्ति नभएर विदेशीले काम गरिरहेका छन् र हाम्रो रकम पनि विदेशीएको छ ।”

निर्वाचन हो, जनतामा आआफ्ना एजेण्डा लिएर जाने हो, हामीले सबैको अस्तित्व स्वीकार गर्न सक्नुपर्छ, त्यो नै सुरन्दर पक्ष हो, हार र जीत अर्को पक्ष हो” समाजवादी उम्मेदवार ईन्जिनियर गुरुङको बिचार थियो ।

Facebook Comments