एकै दिन नयाँ ७२ थपिए, नेपालमा कोरोनाभाइरसबाट संक्रमण हुनेको संख्या ६७५ पुग्यो

आरजू/अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ १२

नेपालमा कोरोनाभाइरसबाट संक्रमण हुनेको संख्या ६७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान गरेको अध्यावधिक विवरण अनुसार कोभिड १९ का नयाँ पुष्टि भएको संख्या ७२ रहेको छ ।

संक्रमितहरुमा धनुषा जिल्ला नगराईन नगरपालिका ३ का ३०, ३१ र ४५ वर्षका ३ जना पुरुष रहेका छन् । कपिलवस्तु शिवराज नगरपालिका ४, ५ र ६ का १९, २० र २३ वर्षिय ३ पुरुष रहेका छन् ।

काठमाडौं टोखा नपरपालिका ३, ६, वुढानिलकण्ठ नगरपालिका ३ का २७, ४१ र ३७ वर्षिय ३ जना पुरुष रहेका छन् ।यस्तै बारा कलैया नगरपालिका कोटवाली १ का २५ र ३२ वर्षका दुई पुरुष रहेका छन् । रौतहट राजपुर फरहदवा २, ६, ८ र इशनाथ २ का १८, १९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३५, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१ र ५३ वर्षिय गरी २६ पुरुष रहेका छन् । उनिहरु सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा परिक्षण गरिएको हो ।

सप्तरीको डाक्नेधरी गाउँपालिकाका २२ र ३४ का दुई पुरुषमा संक्रमण देखिएको छ । उनिहरुको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षण गरिएको हो । यस्तै बर्दिया वासगढी ९ का २५ वर्षिय पुरुषमा संक्रमण देखिएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा परिक्षण गरिएको हो । बाँके दुधवा गाउँपालिका २ र राप्ती सोनारी गाउँपालिका ७ का १६, २३, २३ र २४ वर्षका पुरुषमा संक्रमण देखिएको छ । उनिहरुको पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमामा परिक्षण गरिएको हो ।

बारा गढीमाइ नगरपालिकाका १८ वर्षका ४ जना, १९ वर्षका २ जना, २० वर्षका ३ जना, २४ वर्षका २ जना, २५ वर्षका ३ जना, २६, ३०, ३१, ३६, ३६, ४०, ५० वर्षका गरी २१ जनामा संक्रमण देखिएको छ । उनिहरुको किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौंडामा परिक्षण गरिएको हो ।

दैलेखको नारायण नगरपालिका, ढुंगेधर गाउँपालिका की २५ वर्षिया महिलामा पनि संक्रमण देखिएको छ । उनको भेरी अस्पताल, नेपालगञ्जमा परिक्षण गरिएको हो ।यस्तै दैलेख गुँरास गाउँपालिकाका २४ र २५ वर्षिय पुरुषमा कोभिड १९ को पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उनिहरुको प्रदेश अस्पताल, सुर्खेत÷पशुपंछी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा परिक्षण गरिएको हो ।

आज पुष्टि भएका नयाँ संक्रमितहरु सबैजना स्वास्थ्यकर्मिको सम्पर्कमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ ।

Facebook Comments