एकैदिन विभिन्न ११४ जना नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ८८६ पुग्यो(video)

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.14

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.14

Posted by Onlineannapurna.com on Wednesday, May 27, 2020
credit-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ १४

देशभर कोरोनाभाइरसबाट संक्रमण हुनेको संख्या आज ८८६ पुगेको छ । वुधवार एकैदिन विभिन्न जिल्लाका ११४ जना नयाँ संक्रमितको पुष्टि भएपछि नेपालमा कोरोनाभाइरसबाट संक्रमण हुनेको संख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

मन्त्रालयमा गरिएको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.देवकोटाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परिक्षणमा १९ जनाको पोजेटिभ भएको बताउनु भयो । उनिहरुमा सप्तरी जिल्लाको बोडेबसाई नगरपालिकाका ८ जना रहेका छन् र उमेर समूह १८ देखि ५६ वर्षको छ ।

सप्तरीको बालनबिहुल गाउँपालिकाका एक २९ वर्षिय पुरुष र १७ वर्षिया युवतीमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । साथै सुरुङ्गा नगरपालिकाका २९ वर्षिय एक पुरुषमा पनि संक्रमण पोजेटिभ देखिएको छ ।

वीराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको छ । उनिहरु गौरादह २ झापाका २६ र ४१ वर्षिय पुरुष रहेका छन् । उता कचनकवलका १५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा. देवकोटाले बताउनु भयो ।

किटजन्य प्रयोगशाला, हेटौंडामा भएको परिक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ । जो मकवानपुर, हेटौंडाकी २५ वर्षिया महिला र ७ जना रौतहट गढिमाईका हुन । उनिहरुको उमेर समूह १७ देखि २९ वर्षको रहेको छ ।

पोखरास्थित पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा बाग्लुङ जिल्ला बढीगाड गाउँपालिकास्थित क्वारेन्टाईमा रहेका १९ र २० वर्षका दुई पुरुष तथा तमनखोलाका सोहि क्वारेन्टाईमा रहेका २१, २७, २७ र २१ वर्षका ४ जना गरी ६ पुरुषमा संंक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ । उनिहरुलाई सरकारी अस्पताल बागलुङमा ल्याउने तयारी गरिएको छ ।

उता दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा १८ जनामा संक्रमण देखिएको छ । उनिहरु मध्य ३ जना रुकुम पूर्व उत्तरगंगा गाउँपालिकाका १८, २३ वर्ष उमेर समूहका पुरुष र एक १५ वर्षिया युवती रहेकि छन् । दाङको घोराहीमा ७ जनाको संक्रमण पोजेटिभ देखिएको छ । उनिहरुको उमेर समूह २४ देखि ४२ वर्षसम्मको रहेको छ । यस्तै लमही नगरपालिकामा ८ जनामा संक्रमण भेटिएको छ । उनिहरुमा एक महिला र ७ जना पुरुष रहेका छन् । उनिहरु १० देखि ३० वर्ष उमेरका रहेका छन् ।

बाँकेको बैजनाथ गाउँपालिकाका ६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनिरुहको उमेर समूह २४ देखि ४६ वर्षको रहेको छ । बाँकेकै खजुरा गाउँपालिकाका एक २९ वर्षिय पुरुषमा पनि संक्रमण पोजेटिभ देखिएको छ ।

प्रवक्ता डा.देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परिक्षणमा ३८ जनाको रीपोर्ट पोजेटिभ देखिएको छ । सिराहा सिद्धिचरणका ३९ वर्षका एक पुरुष, सिराहा घर भई हाल सप्तरीमा बसेका ३५ वर्षिय पुरुष र बारा पचौटाका ७ जना रहेका छन् । उनिहरु एक महिला र ६ पुरुष २२ देखि ४० वर्षका रहेका छन् ।

रौतहट घर भई बारामा बसेका ४१ वर्षिय पुरुष, रौतहट गौरका ७ जना पुरुष तथा एक महिला, देवाही गुनाहीका दुई पुरुष, कटहरीयाका २ जना पुरुषमा पोजेटिभ देखिएको छ । जनता सेकेण्डरी स्कुलको क्वारेन्टाइनमा रहेका १४ जनामा पनि पोजेटिभ देखिएको छ । उनिहरुमा मदरसाका २ जना छन् । देशभर संक्रमण भएकाहरुमा ६९९ जनाको उपचार भईरहेको छ भने १८३ जना निको भएर घर फर्कि सकेका छन् ।

Facebook Comments