उसो भए पुरै देश ‘यति’कै जिम्मा लगाए भैगो ! समृद्ध नेपाल बनाउने क्या गजब काइदा ! :डा.भट्टराई

अन्नपूर्णअनलाईन/पोखरा, पुस १३-

“उसो भए पुरै देश ‘यति’कै जिम्मा लगाए भैगो ! समृद्ध नेपाल बनाउने क्या गजब काइदा !” यो वाक्य समाजवादी पार्टी (सपा) का संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई हो ।

आईतवार एउटा ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा.भट्टराईले ‘यति’ को खोजीमा वैज्ञानिकहरु आजित भएको वेला हाम्रा प्रधानमन्त्री र आसेपासेहरुले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाईसके छन्”

नेपाल राष्ट्रका पदाधिकारीहरुले ‘यति’ नहुने हो भने गोकर्ण फरेष्ट गौचरण बन्ने ठोकुवा गरेछन् । उसो भए पूरै देश ‘यति’कै जिम्मा लगाए भैगो ! समृद्ध नेपाल बनाउने क्या गजब काइदा ! भन्दै भट्टराईले व्यंग्य गर्नुभएको छ ।

डा.भट्टराईले यति समूहलाई गोकर्ण रिसोर्टको बारेमा म्याद थपेको विषयलाई लिएर प्रधानमन्त्री केपि शर्मा ओली र उहाँका सहयोगिहरुलाई आसेपासे भन्दै व्यंग्य गर्दै ट्वीट गर्नुभएको हो ।

हीमागृहलाई भाडामा नलगाउ :नत्र कडा आन्दोलन

यसैबिच पोखरा लेकसाईस्थित रत्नमन्दीर र हीमागृहलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न नेपाल ट्रष्ट समक्ष खुल्ला गर्न परिपत्र गईसकेको छ । पर्यटनमन्त्री योगेश भट्टराईले शनिवारबाट पोखरा लेकसाईडमा शुरु २१ औं सडक महोत्सवमा यस्तो बताएपनि नागरिक समाज तथा संरक्षण्वादीहरुले हिमागृहलाई भाडामा नलगाउन चेतावनि दिएका छन् ।

नागरिक समाज पोखरा, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण् समिति नेपाल र रत्नमन्दीर फेवाताल सरोकार समितिले संयुक्त विज्ञप्ति प्रकाशित गरेर विरोध गरेका छन् । रत्नमन्दीर, हीमागृहलाई प्रस्तावित सम्पदा क्षेत्र, जैविक विविधता पार्क घोषणा गरिसकेको अवस्थामा यतिलाई भाडामा दिनु भनेको पाखरेलीमाथि कुठाराघात गर्नु हो, जनभावना विरुद्ध गए कडा आन्दोलनमा उत्रिन वाध्य हन्छौं, यथासिघ्र भाडामा दिने निर्णयलाई खारेज गरियोस् ।”

राजनीतिक दल, नेपाल ट्रष्टका अधिकारी, संरक्षण्विद र नागरिक समाजबीच २०७२ साल वैशाख ५ गते विश्व सम्पदा दिवशको अवशरमा तत्कालिन गृहमन्त्री, नेपाल ट्रष्टका अध्यक्ष वामदेव गौतम र तत्कालिन क्षेत्रीय प्रशासक दीनेश थपलियाको सक्रियतामा उक्त क्षेत्रलाई प्रस्तावित सम्पदा क्षेत्र, जैविक विविधता पार्क घोषणा गरिएको थियो ।

Facebook Comments