उसुका अन्तराष्ट्रिय खेलाडी स्व. वीरमानका परिवारलाई आर्थिक सहयोग

अनलाइनअन्नपूर्ण/काठमाडौं, साउन १

उसुका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय वीरमान वाइवाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाल उसु महासंघका पदाधिकारीबाट संकलित रकम काभ्रेमै पुगेर वीरमानका परिवारलाई हस्तान्तरण गरिएको हो ।
महासंघका पदाधिकारीबाट संकलित ८० हजार रुपैयाँ नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर लामा र महासचिव लाक्पा शेर्पाले स्वर्गीय वाइवाका परिवारलाई हस्तान्तरण गरेका थिए ।
संकलित रकम हस्तान्तरण गर्दै अध्यक्ष शेर्पाले अहिलेको असहज परिस्थितिमा पनि वीरमानले नेपाली खेलकुदमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै सबै पदाधिकारी मिलेर सानो सहयोग गरेको बताए । उनले वीरमानको निधनबाट नेपालली खेलकुदले निकै प्रतिभावान खेलाडी गुमाएको बताए ।
स्वर्गीय वाइवाका दाजु किसन वाइवाले विषम परिस्थितिमा पनि महासंघले भाइको योगदानप्रति सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे । उनले वीरमानको स्मृतिमा प्रतिष्ठान गठन गरिने जानकारी पनि दिए ।

Facebook Comments