उम्मेदवारको घरमा बम विस्फोट

काठमाडौँ मंसिर १२ । बाराको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवारको घरमा बम विस्फोट भएको छ । नेकपाका उम्मेदवार बिक्रम चौधरीको घर नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको छ ।

घटनास्थल पिपरा गाउँपालिका वडा नम्बर ३ स्थित पिपरा गाउँ पुगेका रातोपाटीकर्मी किरण कर्णले प्रेसर कुकर बम विस्फोट भएको बताए ।

अहिले घटनास्थलमा सुरक्षाकर्मी पुगेर अनुसन्धान सुरु गरेको छ । मंसिर १४ गते सो गाउँपालिकामा उपनिर्वाचन हुँदैछ भने मौन अवधिको समयमा भएको विस्फोटले स्थानीयमा त्रास फैलिएको छ । घटनामा मानवीय क्षति भने भएको छैन । रातोपाटी

Facebook Comments