उपनिर्वाचनको मौन अवधिमा के गर्न पाइन्छ, के पाइँदैन

काठमाडौं १२ मंसिर । उपनिर्वाचन २०७६ का लागि गए राति १२ बजेबाट मौन अवधि शुरु भएको छ ।निर्वाचन आचारसंहिता अनुसार मौन अवधि शुरु भएपछि उपनिर्वाचन नसकिँदासम्म कुनै पनि दल तथा स्वतन्त्र उम्मेदवारका पक्षमा चुनावी सभा, र्‍याली तथा मतदाता भेटघाटका कार्यक्रमहरु गर्न पाइने छैन ।

निर्वाचन आयोगले मौन अवधि शुरु भएलगत्तै आयोगबाट उपनिर्वाचनका लागि गरिनु पर्ने सबै तयारी समेत पूरा भएको जनाएको छ ।आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचन प्रयोजनका लागि आयोगका तर्फबाट गरिनु पर्ने सबै तयारी सकिएको बताए ।

उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदान स्थल तथा ५३७ मतदान केन्द्रमा आवश्यकता अनुसार सुरक्षा प्रवन्धसमेत व्यवस्थापन भइसकेको आयोगले जनाएको छ ।आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेशसभा सदस्यका लागि भक्तपुर १ ९क०, बाग्लुङ २ ख र दाङ ३ ख मा उप निर्वाचन हुँदैछ ।

यसैगरी स्थानीय तहतर्फ धरान उपमहानगरपालिकाको प्रमुख, संखुवासभाको मकालु गाउँपालिका, पाँचथरको फाल्गुनन्द गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि मतदान हुनेछ । स्थानीय तहमा भने ४३ वडाअध्यक्षका लागि मतदान हुनेछ ।कुल ५२ पदका लागि हुने उपनिर्वाचनमा ३३३ ९२५३ पुरुष र ८४ महिला० उम्मेदवार छन् । जसमा २५३ जना राजनीतिक दल र ८४ जना स्वतन्त्र छन् ।

उपनिर्वाचनमा ३७ जिल्लाका लागि २ लाख ३३ हजार ४०२ महिला र २ लाख २० हजार ७१० तथा अन्य २ जना गरी जम्मा ४ लाख ५४ हजार ११४ मतदाताले मताधिकारको प्रयोग गर्न सक्ने आयोगले जनाएको छ ।मौन अवधिमा दल र उम्मेदवारको प्रचारप्रसार गर्न निषेध गरिएको छ । स्थानीय तह निर्वाचन निर्देशिकाले मौन अवधिमा प्रचारप्रसारसहित ६ किसिमका रोक लगाएको छ ।

के गर्न पाइँदैन

आचारसंहिताको परिच्छेद २ को नियम ५ ९घ० अनुसार मौन अवधिमा पालना गर्नुपर्ने आचरणमा भनिएको छ, निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार उम्मेदवारले मौन अवधि सुरु भएपछि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउनेछैनन् ।

यस्तै मौन समय सुरु हुनुअघि मतदान केन्द्रको ३ सय मिटरवरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाएको हुनुपर्नेछ।’यस्तै एसएमएस, फेसबुक, भाइबर तथा विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने उल्लेख छ ।

मौन समयमा पालना गर्नुपर्ने आचारसंहिताका उल्लंघन भए निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालनाका लागि सचेत गराउनेछ।त्यसपछि पनि बेवास्ता गर्दै प्रचारप्रसार कायम राखे निर्वाचन आयोगले १ लाख जरिवानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था स्थानीय निर्वाचन ऐन २०७३ मा उल्लेख छ।

त्यस्तै साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस ९एसएमएस०, सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन प्रयोग गर्न पाइने छैन ।बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन नपाइने । निर्वाचनका लागि मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले प्रचार गर्न पाइँदैन ।

उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न पाइँदैन ।मतदान अधिकृतले मतदान केन्द्रको वरिपरि मतदानको काममा खटिएका सुरक्षा कर्मचारीबाहेक अरू कसैलाई कुनै प्रकारको विस्फोटक पदार्थ, रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न, प्रयोग गर्न रोक लगाउनेछन् ।खबरहब

Facebook Comments