उपचुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नियोकको अपिल

काठमाडौं १३ मंसिर । राष्ट्रिय निर्वाचन परीवेक्षण समिति नियोक उपचुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न अपिल गरेको छ ।नियोकले शुक्रबार विज्ञप्ति जारी गर्दै शनिबार हुने उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित अवस्थामा सम्पन्न गर्न सरोकारवालालाई अपिल गरेको हो ।

शनिबार प्रतिनिधि सभाको कास्की क्षेत्र नं। २, प्रदेशसभातर्फ बागलुङ २ ख , भक्तपुर १ क र दाङमा ३ ख मा उपचुनावको मतदान हुँदै छ ।यस्तै, धरान उपमहानगरपालिका, मकालु, पिपरा र फाल्गुनन्द गाउँपालिकामा प्रमुख र खार्पुनाथ गाउँपालिकामा उपप्रमुख र ४३ वडाध्यक्षका लागि उपचुनाव हुँदै छ । अनलाइनखबर

Facebook Comments