उद्योग ब्यवसायिलाई राज्यले स्वागत गर्छ : राज्य मन्त्री दुगड

लेखनाथ पुस ६ । नेपाल सरकारका उद्योग बाणिज्य तथा आपुर्ती राज्य मन्त्री मोतिलाल दुगडले उद्योग ब्यवसायिलाई राज्यले स्वागत तथा सम्मान गर्ने बताएका छन् ।

लेखनाथ उद्योग बाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको अवलोकनका लागि आईतवार लेखनाथ आएका राज्य मन्त्री दुगडको स्वागत तथा सम्मानका लागि राखेको कार्यक्रममा बोल्दै उनले आफुलाई उद्योग ब्यवसायीको प्रतिनिधीत्व गर्दै सरकारमा लगेकोले सरकार ब्यवसायीको पक्षमा रहेको बताएका हुन् ।

ब्यवसायीहरुको हक हितका सवालमा नितीगत निर्णय गराएर राष्ट्रिय उत्पादनमा सहयोग पुग्ने गरि आधुनिक सैलीमा नयाँ युगको थालनी भएकाले अब ब्यवसायिहरुले कहिल्यै पनि हरेस नखाने गरि कार्ययोजना अगाडी वढेको बताउदै राज्य मन्त्री दुगडले निजी क्षेत्रले अव आहात होईन राहात पाउने डोकुवा गरेका हुन् ।

कार्यक्रममा मोरङ उद्योग संगठनका अध्यक्ष भीम प्रसाद घिमिरेले सरकारले नितीगत रुपमा नै ब्यवसायीहरुको समास्य प्रति गम्भीर हुन सुझाव दिदै स्वदेशमा नै रोजगार सृजना गर्न ब्यवसायीहरु तयार रहेको धारणा राखेका थिए ।

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य र महासचिव गोपिचन्द्र बास्तोला लगाएतले ब्यवसायीका समस्यहरु प्रति सरकार उत्तरदायी हुनु पर्ने सुझाव राखेका थिए ।

Facebook Comments