उद्यमशिलता विकास तालिम

पोखरा, २१ फागुन

पोखरा चेम्बर अफ कमर्स कास्कीर घरेलु तथा साना उद्योग कार्यालय कास्कीले सयुक्त रुपमा आयोजना गरेको १० दिने उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत उमा गौतम कोइरालाले सिकेको सीपले जीवन भरीको लागि उपयोगी हुने बताइन् । उनले महिलाले दुई सय शुल्क तिरेर उद्योग दर्ता गर्न सकिने जानकारी दिइन् ।

पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किशान सुनारलेतालिमले सहभागीको उद्योग व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने बताए । उनले संस्थाले व्यवसायीको हक हितको अलवा सस्थागत सामाजिक उत्तदायित्वको काम गरेको जनाए ।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेल, उद्योग तर्फका उपाध्यक्ष गिता तिवारी गौतम, वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोला, पोखरा चेम्बर उत्तरी क्षेत्रका अध्यक्ष विष्णुप्रसाद बास्तोला, औद्योगिक विकास प्रतिष्ठान पोखराका प्रमुख राप्रसाद तिवारी,प्रशिक्षक कृष्णराज पोखरेल, पत्रकार जमुना शर्मा वर्षा, ब्रम्हकुमारी सुधा लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments