आलमको थुनछेक बहस मंगलबार पनि जारी रहने

गौर कार्तिक २५ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विस्फोटक पदार्थ उत्पादनसम्बन्धी अभियोग लागेका कांग्रेस नेता तथा ‘निलम्बित’ सांसद मोहम्म अफताव आलमको थुनछेक बहस मंगलबार पनि जारी रहने भएको छ ।

सोमबार अदालती समयमा बहस नसकिएपछि मंगलबार पनि बहस जारी रहने गरी आलमलाई प्रहरी हिरासतमै फिर्ता पठाइएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

सोमबार आलमका तर्फबाट ५ जना कानून व्यवसायीहरुले बहस गरेका पराजुलीले बताए । सोमबार आलमको तर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, गोपाल कृष्ण घिमिरे, अधिवक्ता योगेन्द्र अधिकारी, कृष्ण घिमिरे, सुनिल पोखरेलले बहस गरे । खबरहब

Facebook Comments