आदर्श समाज २५ औं बर्षमा

पोखरा, १ बैशाख ।

पोखराबाट प्रकाशित हुने आदर्श समाज दैनिक २४ औं बर्षपुरा गरी २५ बर्षमा प्रबेश गरेको छ । २०५३ बैशाख १ गतेबाट पाक्षिक रुपमा सुरु भएको उक्त पत्रिका २०५४ बैशाखबाट साप्ताहित र सोही वर्ष माघ देखि दैनिक रुपमा प्रकाशित हुँदै आइरहेको छ। यसैगरी २०७६ जेष्ठबाट सो पत्रिका रंगीन बोर्डसिज साइजमा छपाई हुँदै आएको हो।

समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता भन्ने नारा लिएर निरन्तर प्रकाशित हुँदै आएको आदर्श समाजले मुख्य त गण्डकी प्रदेश गतिविधिलाई उजागर गर्दै आएको छ। हाल पत्रिकामा ६० जना भन्दा बढी पत्रकार तथा कर्मचारी कार्यरत छन्। पत्रिकाले अनलाइन सेवा पनि सञ्चालन गर्दै आएको छ।

Facebook Comments