आज १३ औं गणतन्त्र दिवस मनाईदैं, साँझमा दीपावली

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ १५

आज १३ औं गणतन्त्र दिवस । नेपालमा गणतन्त्र घोषणा भएको १२ वर्ष पूरा भएको छ । २४० वर्ष पूरानो राजसंस्थालाई बिदाई गरेर संविधानसभाको पहिलो वैठकले २०६५ साल जेष्ठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको थियो ।

राजसंस्थाको अन्त्यसंगै नेपाल राष्ट्रपतिय शासन प्रणालीमा गएको र राष्ट्रपतिको कार्यकाल अहिले चलिरहेको तेश्रो कार्यकाल हो । नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादव रहनु भएको थियो भने त्यसपछि विद्यादेवी भण्डारी राष्ट्रपति हुनुहुन्छ ।

यसैबीच, नेपाल सरकार गृह मन्त्रालयले एउटा सूचना प्रकाशीत गरी मन्त्रीपरिषदको जेष्ठ १२ गतेको निर्णय अनुसार जेष्ठ १५ गते साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको छ ।

संघ, प्रदेश तथा स्थानिय तहका सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित राजदुतावास, कुटनीतिक नियोग तथा वाणिज्य दूतावासहरुमा जेष्ठ १४, १५ र १६ गते साँझ दीपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरीएको गृहमन्त्रालयले जनाएको छ ।

विश्व नै यतिबेला कोरोनाभाइरसको महामारीसंग संघर्ष गरिरहेको छ । नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको छ । झण्डै १ हजारको नजिक नजिक संख्यामा मानिस संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर तथा आरडीटी विधिबाट अहिलेसम्म १ लाख ५८ हजार जनाको परिक्षण गरिएको, ७० हजार क्वारेन्टाईनमा रहेका र ६९९ जना आइसोलेसनमा रहेका बताएको छ । १८३ जना निको भईसकेका छन् भने ४ जनाको मृत्यु भईसकेको छ ।

कोभिड १९ को यस महामारीको बेलामा यो पटक कुनै प्रकारको औपचारीक कार्यक्रम आयोजना गरिएको छैन भने मुलुक अहिले लकडाउनमा रहेको छ ।

Facebook Comments