आज सानेपामा कांग्रेस वैठक :मंसिरको उपनिर्वाचन र भातृसंगठनका विवाद बारे छलफल

आरजू/पोखरा, कार्तिक ७- उपनिर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेसले भातृ संगठनको विवादलाई निम्ट्याउन सकेको छैन । भातृ संठनमा भएको विवाद र मंसिर १४ गतेको उपनिर्वाचन लगायतका विषयमा कांग्रेस वैठक आज दिउँसो पार्टी कार्यालय सानेपामा बस्न लागेको हो ।

photo:social media

कांग्रेसले उपनिर्वाचनको लागि संभावित उम्मेदवारहरुको सिफारिस गर्नका लागि पहिले नै आफ्ना कमिटिहरुलाई निर्देशन दिइसकेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले केही स्थानीय तहका उम्मेदवारको नाम सिफारिस भईसकेको बताउनु भएको छ ।

अहिलेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनको लागि सबैभन्दा वढि १६ जनाको नाम सिफारीस भएको छ । उक्त क्षेत्र तत्कालिन नेकपाका लोकप्रीय नेता रनीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खालि रहेको छ ।

यस्तै धरान उपमहानगरपालिकाको मेयरको लागि तिलक राईको नाम सिफारिस गरिएको छ । केहि स्थानमा उम्मेदवारहरुको चाहना धेरै पाईएपछि उम्मेदवार छान्न नेपाली कांग्रेसलाई हम्मेहम्मे भएको छ ।

अर्कोतिर उपनिर्वाचन नजिकिएको समय, बेला कार्यकर्ता परिचालन गर्ने समय पनि हो, यस्तो बेलामा भातृसंगठन नेवि संघ र तरुण दलमा कायम रहेको विवाद हल हुन सकेको छैन, एक नेताले भने,ः “सायद आजकोे कन्द्रीय वैठकले निकास निकाल्ने आशा गरिएको छ ।”

नेपाल विद्यार्थी संघ, तरूण दल लगायत भातृ संगठनहरुको कार्यकाल सकिएपनि अधिवेशन भएको छैन भने संघ संगठनहरुमा सुस्तता देखिएको छ । नेतृत्वविहिन अवस्थामा भातृ संगठनका नेता, कार्यकर्ताले कसरी काम गर्ने ? अलमल र विवाह हुनु स्वाभाविकै हो ।

Facebook Comments