आज वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं १४ माघ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार म‌ंगलबार देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदली तथा पूर्वी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भूभागका केही स्थानहरु र मध्य तथ पूर्वी भूभागका १(२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Facebook Comments