आज बालाचर्तुदशी, पितृको सम्झना गर्ने दिन, देशभर शिवालयमा शतविज छर्दै

पोखरा, मंसिर ९-आज बालाचर्तुदशी । देशभरका शिलावयमा आज विंगत पितृका लागि शतविज छर्नेहरुको घुँईचो लागेको छ ।

काठमाडौंको पश्पतीनाथ, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति मृगस्थली, पोखराको केदारेश्वर महादेव मन्दीर लेकसाईड, भलाम, स्याङजा, पर्वत र कास्कीको मिलनविन्दु पञ्चासेमा भक्तजनाको घुईचो लागेको छ ।

पितृले मोक्ष प्राप्त गरुन र उनको उद्धार होस् भन्ने हेतुले देशभर वालाचर्तुदशी शतविज छरेर मनाउने प्रचलन रहेको छ । मंसिर कृष्ण चर्तुदशीका दिन आफ्ना परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित सतविज शिवालय वरिपरि छर्ने चलन रहँदै आएको छ । सतविज छरेको खण्डमा पितृलाई अन्नको कमी नहुने र उनीहरूले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ कायम रहेको छ । र उनिहरुको पाप नाश हुने विश्वास रहको छ ।

यस अवसरमा पीतृहरूको नाममा बत्ती बाल्ने गरिन्छ । दिवंगत मृत्यु भएका आफन्तजनको नाम र गोत्र उच्चारण गरी संकल्प गरेर बत्ती बाल्ने चलन रहेको छ ।

Facebook Comments