आज नयाँ ५० थपिए, नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो, १ लाख २४ हजार ६३३ को परिक्षण(video)

संक्रमणलाई जितेर घर फर्किनेको संख्या ७०

आरजू विष्ट सल्यानी/अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ०९

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.09

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.09#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Friday, May 22, 2020
credit-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

शुक्रवार बिहान र दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा अध्यावधिक गरिएको विवरण अनुसार ५० नयाँ संक्रमित थपिएपछि नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ५०७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार अपरान्ह आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सेती प्रादेशीक अस्पताल कैलालीको प्रयोगशालामा गरिएको परिक्षणमा ३ जना पुरुषमा पोजेटिभ देखिएको बताउनु भयो । १९, २३, २६ वर्ष उनिहरु जानकी गाउँपालिकाका निवासी हुन भने सरस्वती मावि क्वारेन्टाईनमा बस्दै आएका थिए ।

डढेल्धुरा परशुराम १० का २६ वर्षिय एक पुरुषमा पनि कोभिड १९ संक्रमणको प्ुष्टि भएको छ । बैतडीमा शिवनाथ १ का २२ वर्षिय एक पुरुषमा पनि संक्रमण पोजेटिभ देखिएको छ ।

बाँके नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा १४ जना पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । उनिहरु १८ देखि ६१ वर्षसम्मका रहेका छन् । ति मध्य एकजना राप्ती सोनारीका हुन भने बाँकि नरैनापुर १३ का हुन । यस्तै रतुवामाई २ मोरङका ४१ वर्षिय एक पुरुषमा पनि कोरोनाको संक्रमण पोजेटिभ देखिएको छ । उनिहरु सबैको ठेगाना, गएको स्थानमा कन्ट्रयाक्ट ट्रेसिङको काम शुरु भईसकेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

नेपालमा शुक्रवारसम्म अपरान्ह सम्मको तथ्यांकलाई हेर्ने हो भने कुल कोरोनाभाइरसका संक्रमित विरामीको संख्या ५०७ पुगेको छ भने उनिहरुमा ४३३ जना पुरुष । ७४ जना महिला रहेका छन् ।

अहिलेसम्म कोरोनाको संक्रमण फैलिएका जिल्ला ४० पुगेका छन् । प्रदेश नं १ मा ८५, प्रदेश नं २ मा १५१, वागमती प्रदेशमा २८, गण्डकी प्रदेशमा ५, प्रदेश नं ५ मा २२७, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १० गरी संक्रमितको संख्या ५०७ रहेको छ ।

अहिलेसम्म पीसीआर विधिबाट ४२ हजार ४४८ र आरडीटीबाट ८२ हजार ११६ जना गरी कुल १ लाख २४ हजार ६०४ जनाको परिक्षण भईसकेको छ । बितेका २४ घन्टामा पीसीआरबाट सातै प्रदेशमा ३ हजार ८१९ र आरडीटीबाट ३ हजार ४२१ जनाको परिक्षण गरिएको स्वास्थय मन्त्रालयले जानकारी दिएको छ ।

सातै प्रदेशको आरडीटी परिक्षण तथ्य विवरण

  • प्रदेश नं १ मा ९ हजार ९२०
  • प्रदेश नं २ मा ६ हजार २९५
  • वागमती प्रदेशमा १९ हजार ९३
  • गण्डकी प्रदेशमा ७ हजार ११८
  • प्रदेश नं ५ मा ११ हजार ४८१
  • कर्णाली प्रदेशमा ८ हजार ६०१ र
  • सुदूरपश्चिम प्रदेशमा १९ हजार ७०८ गरी ८२ हजार ११६ जनाको आरडीटी परिक्षण गरिएको छ ।

सातै प्रदेशका क्वारेन्टाईनमा रहेकाहरु

  • प्रदेश नं १ मा १ हजार ४१४
  • प्रदेश नं २ मा ५ हजार ९०६
  • वागमती प्रदेशमा ४ हजार ७८
  • गण्डकी प्रदेशमा ६७८
  • प्रदेश नं ५ मा १५ हजार ९८९
  • कर्णाली प्रदेशमा ७३५ र
  • सुदूरपश्चिम प्रदेशमा २ हजार ६२९ गरी कुल २७ हजार ८२९ जना क्वारेन्टाईनमा रहेका छन्

सातै प्रदेशका आईसोलेसनमा रहेकाहरु

  • प्रदेश नं १ मा ५८
  • प्रदेश नं २ मा १४५
  • वागमती प्रदेशमा १८
  • गण्डकी प्रदेशमा ३
  • प्रदेश नं ५ मा २०३
  • कर्णाली प्रदेशमा १ र
  • सुदूरपश्चिम प्रदेशमा ५ जना गरि ४३४ जना आईसोलेसनमा रहेका छन् ।

कोरानाभाइरसको संक्रमणलाई जितेर घर फर्किनेको संख्या ७०

नेपालमा कोरोनाभाइरसको संक्रमण भएकाहरुको संख्या पछिल्ला दिनमा वढिरहेको छ । बाँकेको नेपालगञ्जमा आज एकैदिन २१ जना संक्रमित निको भएर घर फर्किएका छन् । उनिहरुमा पहिलो संक्रमित ६० वर्षिय पुरुष पनि संगै घर फर्किएका छन् । यो सहित नेपालमा कोरानाभाइरसको संक्रमणलाई जितेर घर फर्किनेको संख्या ७० पुगेको छ ।

सातै प्रदेशमा अहिलेसम्म अस्पतालबाट डिस्चार्ज भएकाहरु

  • प्रदेश नं १ मा २६
  • प्रदेश नं २ मा ६
  • वागमती प्रदेशमा ९
  • गण्डकी प्रदेशमा २
  • प्रदेश नं ५ मा २२
  • कर्णाली प्रदेशमा ०
  • सुदूरपश्चिम प्रदेशमा ५ गरी जम्मा ७० जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा कोरोनाको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।
Facebook Comments