आज देशका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं कार्तिक १९ । आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केहि जिल्लामा पानी पर्ने र केहिस्थानमा हिमपात पर्ने सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका केही भूभागमा कुहिरो लागेको अवस्थामा रहेको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी अनुमान यस्तो छ
कात्तिक १९ गते मंगलबार
दिउँसो स् देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहने छ । देशका पूर्वी र मध्य पहाडी भूभागको १ वा २ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

कात्तिक २० गते बुधबार
दिउँसो देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

राति स् देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

कात्तिक २१ गते बिहीबार
दिउँसो स् देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडी भूभागमा १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

राति स् देशको पश्चिम भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पश्चिमी भूभागको १ वा २ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडी भूभागमा १ वा २ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना छ । खबरहब

Facebook Comments