आज अप्रिल ८-उहान शहर लकडाउन मुक्त, महामारी नियन्त्रणमा चीनले प्राप्त गरेको सफलताप्रति शुभकामना-पूर्व राजदूत पौड्याल(video)

अनलाइनअन्नपूर्ण /चैत्र २६, २०७६

आज अप्रिल ८ तारिखबाट उहान शहर लकडाउनबाट मुक्त भएको छ । जनवरी २३ तारिखबाट यो शहरमा कोरोना भाइरस सङ्क्रमण फैलिँदै गएपछि लकडाउन गरिएको थियो ।

पछिल्लो अवस्थामा स्थिति सामान्य बन्दैगएको छ। उहानले भाइरस महामारीको सफल नियन्त्रण गरेको छ ।

यसैबीच चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौड्यालले उहान शहर लकडाउन मुक्त भएको अवसर र महामारी नियन्त्रणमा चीनले प्राप्त गरेको सफलताप्रति खुशीका साथै शुभकामना व्यक्त गर्नुभएको छ ।श्रोतःसिआरआइ डट सिएन

श्रोतःसिआरआइ डट सिएन
Facebook Comments