आजबाट हलमा पूजा र सौगातको ‘पोइ पर्‍यो काले’ रिलिज

काठमाडौं । आज शुक्रबारदेखि नेपालका हलमा चलचित्र ‘पोइ पर्‍यो काले’ प्रदर्शनमा आएको छ । पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठ लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो चलचित्रको रिलिजअघि भने खासै चर्चा छैन ।

अर्कातिर यो फिल्म हिन्दी फिल्म ‘हाउसफूल ४’ को मारमा पर्ने देखिएको छ । शिशिर राणाले निर्देशन गरेको यो कमेडी फिल्ममा मान्छे कालो भए पनि मन सफा हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ ।

चलेका कलाकार भए पनि क्रेज देखाउन नसकेको यो फिल्मले मल्टिप्लेक्स हलमा पनि न्यून शो पाएको छ ।चलचित्र ‘हाउसफूल ४’ र ‘मेड इन चाइना’ पनि आजैदेखि प्रदर्शनमा आएका छन् । यस्तै चलचित्र ‘छ माया छपक्कै’ र अन्य हलिउड फिल्म पनि हलमा प्रदर्शन भइरहेका छन् ।

Facebook Comments