आगामी दुई बर्ष भित्र पूर्व कर्मचारी सेवा परिषदको कास्कीमा भवन बनाउने अध्यक्ष बरालको अठोठ

दीननाथ बराल पोखरा १८, फागुन

पूर्व कर्मचारी सेवा परिषद् नेपाल कास्की शाखाका नवनिर्वाचित अध्यक्ष नरहरि बरालले आफ्नो दुई बर्षीय कार्यकालमा आफ्नै कार्यालय भवन बनाउने अठोठ गरेकाछन् । परिषदको पन्ध्रौं वार्षिक साधरण सभा तथा आठौ अधिवेशनबाट हालै निर्वाचित भएका पूर्व प्रमुख जिल्ला अधिकारी समेत रहेका बरालले आफ्नो कार्यकालमा निजी भवन बनाएरै छाड्ने अठोठ गरेका छन्।

परिषदको आफ्नो निजी भवन नभएकोले पहिलो प्रथामिकतामा भवन निर्माण गर्ने, परिषदको अक्षयकोष बृद्धि गर्ने, विभिन्न स्मृतिमा स्थापना भएका पुरस्कार वितरण गर्ने, निर्वित भएका विभिन्न विधाका दक्ष र सिप भएका पूर्व कर्मचारीलाई खोज तथता अनुसन्धान र सरकारलाई आवश्यक पर्ने ठाउँमा सहकार्य र सहयोग सहितका अन्य कार्यक्रम गर्ने भएको परिषदका अध्यक्ष बरालले जनाए ।

संस्थाका केन्द्रीय महासचिव रामवावु नेपालकी धर्मपत्नी ज्ञानु नेपालले आफ्ना बुवाआमाको स्मृतिमा नारायण नगेन्द्र स्मृति प्रतिभा पुरस्कार स्थापना गर्न परिषदलाई एक लाख १० हजार एक रुपैंयाको अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी छन्। त्यसै गरी परिषदका पूर्व अध्यक्ष कृष्ण प्रसाद बरालले आफ्ना बाबु आमाको स्मृतिमा चन्द्र कृष्ण स्मृति पुरस्कार स्थापना गरेका छन्।

उक्त पुरस्कार संचालनको लागि उनले एक लाख अक्षयकोष स्थापना गरेका हुन्। दुबै पुरस्कार पूर्व कर्मचारीहरु तथा उनका सन्तान मध्यबाट सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएकाहरुको कदर स्वरुप नगद सहितको सम्मान गरिने भएको अध्यक्ष बरालले जनाए ।

यसैबिच, हालै सम्पन्न भएको परिषदको अधिवेसनले समितिको उपाध्यक्षमा विष्णुप्रसाद भण्डारी, सचिवमा अनन्तराज लम्साल, कोषाध्यक्षमा प्रेमकुमारी कँडेल चयन गरेको छ भने सदस्यहरुमा जगन्नाथ कोईराला, रामचन्द्र आचार्य, धर्मदत्त बराल, दिवाकर पौडेल, महेन्द्रप्रकाश पौडेल, बुद्धलक्ष्मी श्रेष्ठ र गुमानसिं थापा रहेका छन् ।

Facebook Comments