आगामी तीन दिनको मौसम-वर्षा/हिमपातको संभावना

पुस २२, पोखरा- उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी भु-भागहरुमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ बताएको छ ।

 पौष २२  गते (मंगलबार)

दिउँसो : देशको पश्चिमी भु-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात  तथा पश्चिमका थोरै स्थानहरुमा साथै मध्य र पुर्वी भू-भागका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ ।

रातीः  देशको पश्चिमी भू-भाग, मध्य र पूर्वका पहाडी भु-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम  हिमपात  तथा पश्चिमका थोरै स्थानहरुमा साथै मध्य र पुर्वी भू-भागका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ ।

 पौष २३  गते (बुधबार)

दिउँसो : देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ। 

रातीः देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ। 

 पौष २४  गते (बिहीबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ। 

रातीः देशको मध्य तथा पूर्वी भु-भागमा  सामान्य बदली तथा पश्चिमका भु-भागमा आंशिक बदलि रही पश्चिमका एक-दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

पश्चिमी निम्न चापिय प्रणालि भित्रिएसँगै वर्षा/हिमपातको संभावना रहेको र यसकै कारण देशभर जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुहुन  सबैमा अनुरोध छ |

Facebook Comments