आईसिएएस कलेज पोखरा :“युवालाई स्वदेशमै काम गर्न दक्ष बनाउनु नै पहिलो प्राथमिकता हो”:थापा(video)

अनलाइनअन्नपूर्ण/पोखरा, माघ १६

“हाम्रो चाहना शैक्षिक बेरोजगारलाई घटाउने तथा उत्पादनमूलक शिक्षा दिएर दक्ष जनशक्ति तयार गरेर उनिहरुलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउने हो । अर्को कुरा डिग्रीको सर्टिफिकेट बोकेर बेरोजगार बन्ने र कमाई गर्न विदेश जानुपर्ने अवस्थालाई आउन नदिनु नै हो ।”

पोखरा गैह्रापाटन पन्थिगल्लिमा खुलेको इन्टरनेशनल कलेज अफ एप्लाईड साइन्स का प्रवन्ध निर्देशक समिर थापाले भन्नुभयो :“विद्यार्थीहरुलाई सिपमुलक शिक्षा प्रदान गर्नका लागि पोखरामा नयाँ कलेज सञ्चालनमा ल्याएका छौं, युवा वर्गलाई स्वदेशमै काम गर्न सक्ने बनाउने पहिलो प्राथमिकता हो र विदेशमा जानै परे सफल हुने किसिमको जनशक्ति बनाउनु हो ।”

कलेजले बार टेण्डर, हाउस किपिङ्ग, कुकिङ्ग, वेटर, वेट्रेसको कोर्षका लागी प्राविधिक तथा व्यावसायिक परिषद् भक्तपुरबाट सम्वन्धन पाएको छ । कमर्सियल कुकिङ्ग, बेकिङ्ग, प्रोफेशनल कुकिङ्ग, बेकरी र रुम एटेण्डेन्टका लागी पनि स्वीकृतिको पहल गरेको थापाले बताउनु भयो ।

“१२ कक्षा अनुत्तिर्ण विद्यार्थीहरुलाई लक्षित गरि तालिम प्रदान गरिने छ । तालिममा ३ महिने, ६ महिने र एक बर्षे कोर्स अन्र्तगत विद्यार्थीहरुले आफ्नो रुचि अनुसार अध्ययन गर्न पाउने छन् । विद्यार्थीले चिन्ता लिनुपर्ने कारण छैन, हामी उनिहरुलाई बाह्य देशको अनुभवकासाथ व्यवसायीक शिक्षा प्रदान गछौं, पेशाको ग्यारेन्टीको लागि, आय आर्जनको लागि सैद्धान्तिक र प्रयोगात्मक दुवै तरीकाबाट जाँदैछौं ।”

सरकारले पनि शिक्षा नितिमा फेरबदलको सोंच बनाईसकेको छ । व्यवसायीक शिक्षाका जानुपर्ने कुराहरुलाई जोड दिईरहेको अवस्थामा शुरुमा होटल व्यवस्थापनबाट शुरु गरेर भविष्यमा विभिन्न लेवल थप गर्दै जानको लागि भौतिक पूर्वाधार पनि तयार गरेका छौं, थापाले भन्नुभयो ।

“हाम्रो गोल पैसा कमाउने होईन । यो सामाजिक दायित्व वोधले गर्दा हो । हामीले धेरै कलेजहरुलाई हेर्यौं, सिटिईभिटिले गरेको अनुगमनमा उहाँहरुले प्रशंसा पनि गर्नुभएको छ । भोकेसनल कलेजमा धेरैले ध्यान दिएको पाईएन, यो खालको खुलेको छैन । पोखरा यूनिभर्सिटिले गएको वर्ष थाहा पाए अनुसार ३०० वढि कलेजको एप्लिकेसनहरु खारेज गरेको थियो ।”

अहिलेका सचेत नागरिकले बुझेको कुरा के हो भने “पढाई यस्तो हुनु पर्योकि पढाई सकिए लगत्तै उनिहरुले रोजगार पाउनु पर्यो, हो त्यसैको ग्यारेन्टीको लागि हामीले यस किसिमको आवस्यक्ता वोध गरेर कलेज खोलेका हौं । हामीले पोखरामा प्रयोगात्मक कक्षाका लागि आफ्नै ४ वटा क्याफे संचालनमा ल्याउन लागेका छौं, थापाले भन्नुभयो :“जुन दिन विद्यार्थीले शिक्षा लिएर काममा लागेको र आय आर्जन गरेको खबर हामीलाई सुनाउन शुरु गर्नेछन् त्यतिबेला हामीले सहि पोष्टमा गोल गरेको महशुस गर्ने छौं ।”

अहिले सिटिईभिटिसंग सम्वन्धन लिएर काम शुरु गरेका छौं । भविष्यमा कसरी अगाडी जाने भन्ने बारेमा छलफलमा पनि बसिरहन्छौं, संभावनाको खोजि पनि गरिरहन्छौं । हामीले अष्ट्रेलिया र यूकेको कलेजसंग सम्वन्धको कोशिस गर्ने योजना पनि बनाएका छौं । यो किनभने एउटा त सिटिभिटिको डिगी्र अवार्ड त भईहाल्छ, दुई विदेशी कलेजसंगको सम्वन्धनले विद्यार्थीले ड्वयल डिग्री प्राप्त गर्ने अवसर पनि पाउने छन् ।

“हाम्रो अहिलेको क्षमता भनेको ३४० वढि विद्यार्थीको लागि हो एउटा सेसनको लागि हो । अण्डर एसएलसिले लेवल एक पूरा गरेर लेवल दुईमा जान सक्छन् । लेवल दुई गरेकाहरुले नेपालमै दुई लाख कमाउन सक्छन्, यहाँका फाईव स्टार वा विदेशमा कँहि पनि हामीले उत्पादन गर्ने विद्यार्थीहरु सक्षम हुन्छन्, त्यो क्षमता विकासको शिक्षा हामी दिन्छौं ।”

हाम्रो टीम ठूलो छ । यत्तिमा मात्रै सिमित हुँदैनौ । पोखरा ४ गैह्रापाटनस्थित पन्थी गल्लीमा रहेको कलेजका ९ जना संस्थापक सेयर सदस्यहरु रहेका छन् । १ करोडको लगानी रहेको कलेजले व्यवसायीक शिक्षाकासाथ आफ्नो संस्कार, संस्कृतिप्रतिको उत्तरदायित्वलाई नबिर्सिने गरि व्यक्तित्व विकास र क्षमता भएका जनशक्ति तयार पार्ने लक्ष्य लिएको छ ।

Facebook Comments