आइफोन १२ सार्वजनिक हुँदै, यस्तो हुनेछ फिचर

कार्तिक २४ । एप्पलले २०२० मा आइफोन १२ सार्वजनिक गर्ने भएको छ । एप्पलले आइफोन १२ चलाउन सजिलो हुने गरी सानो आकारमा सार्वजनिक गर्न लागेको हो ।

यतिबेला एप्पलले सो विषयमा छलफल तथा परामर्श गरिरहेको छ । यस अघि एप्पलले ठूलो डिस्प्ले साइजमा आइफोन सार्वजनि गर्दै आएको थियो ।

फोनएरेनाद्वारा सिर्जना गरिएको आइफोन १२ केही वर्ष अघि सार्वजनिक भएको आइफोन ४ वा ५ जस्तै हुने सीनेटले जनाएको छ । जसमा सार्पर एजेससमेत हुनेछ ।

एप्पलले १२० हर्ज रिफ्रेस रेटको साथमा डिस्प्ले ५।८ इन्चबाट घटाएर ५।४ इन्च बनाउने छ । आइफोन १२ मा पछाडि चार क्यामेरा समावेश गर्ने र फाइभ जी समर्थनको साथ आउने अनुमान गरिएको छ । यस अघि आइफोन ११ प्रोमा तीन वटा क्यामेरा समावेश थियो । एजेन्सी

Facebook Comments