अस्ताउँदो सूर्यलाई अर्घ्य तस्बिरमा पोखराको छठ (फोटो फिचर)

पोखरा कार्तिक १६ । मिथिलाञ्चलको प्रमुख पर्व छठको मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएर छठ पर्व मनाउने गरिन्छ ।

छठ पर्वको तेस्रोअर्थात् मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहीबारदेखि शुरु भएको हो ।

यो पर्वको मुख्य तेस्रो दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छ ।

षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आरधना गरी अर्घ्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउँछन् ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेहरुको विभिन्न नदी, तलाउ, पोखरी, जलाशयमा भीड लागेको छ ।

हेर्नुहोस् केही तस्बिर :

पोखराको नदिपुरमा रहेको नारायणस्थानमा छटको रनौक तस्बिर : सबिन रेग्मी

पोखराको नदिपुरमा रहेको नारायणस्थानमा छटको रनौक तस्बिर : सबिन रेग्मी

पोखराको नदिपुरमा रहेको नारायणस्थानमा छटको रनौक तस्बिर : सबिन रेग्मी
पोखराको नदिपुरमा रहेको नारायणस्थानमा छटको रनौक तस्बिर : सबिन रेग्मी

Facebook Comments