अष्ट्रेलियामा कार दुर्घटना-पोखराका गोपाल गर्बुजा पुनको निधन

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख १०

बिगत ८ वर्षदेखि अष्ट्रलियामा बस्दै आएका पोखरा ३ नदीपुर कन्यामार्गका गोपाल गर्बुजा पुनको आज सिड्नीमा कार दुर्घटनामा निधन भएको परिवारका सदस्यले बताएका छन् ।

पूरानो घर म्याग्दी अन्नपूर्ण गाउँपालिका वडा नं १ दोबा हो । श्रीमती सुजु गर्बुजा पुनसहित अष्ट्रेलियामा बस्दै आएका गोपालको कार दूर्घटनामा परि दुख्द् निधन भएको खबरले परिवार शोकमा परेको छ ।

३९ वर्षिय छोरा गोपाललाई गुमाउनु भएका बुबा देउ बहादुर गर्बुजा पुन तथा आमा भीमु गर्बुजा पुनको चाहना छोराको पार्थीव शरिरलाई घरमा ल्याउने थियो । तर लकडाउनको अवस्थामा घरमा ल्याउन संभव नभएकोले आफ्नो परम्परा अनुसार नदीपुरस्थित घरमै क्रियाकर्म शुरु गरीएको परिवारका सदस्यले बताएका छन् ।

गोपालको पार्थिव शरिरको सतगत् विषम परिस्थितिमा नेपाल ल्याउन संभव नभएकोले सिड्नीमै गरिने परिवारजने बताएका प्रेम पुनले जानकारी दिुनभयो । कार दूर्घटनाको विस्तृत विवरण प्राप्त भएको छैन ।

Facebook Comments