अष्टधातु निर्माणका लागी पोखरामा महायज्ञ हुने

सविन रेग्मी पोखरा पुस १४ । पोखरामा यही पुस २५ देखि माघ ४ गते सम्म महायज्ञ हुने भएको छ ।

देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनको आयोजनामा अष्टधातु शिवमुर्ति निर्माणका लागी श्रीमदभागवत विराटज्ञान महायज्ञ गर्न लागिएको सोमवार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

पर्यटन वर्ष २०२० को अवसरमा देवघाटलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकाश र प्रचारप्रसार गर्ने उद्देश्यले देवघाटमा निर्माणधिन ३० फिट अग्लो अष्टधातुको मूर्ति निर्माणको लागी आर्थिक संकलन गरिने आयोजकले जनाएको छ । महायज्ञमा नागढुंगा आमा समुह र एयरपोर्ट टोल विकाश संस्थाको सहकार्य रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कथा वाचक पं. बालकृष्ण अर्यालले हरेक नेपालीको अपनत्व हुने गरी मूर्ति निर्माण गर्न लागिएकाले महायज्ञमा नगद मात्र नभई घरमा काम नलाग्ने धातुका सामान समेत दान गर्न सकिने बताए ।

Facebook Comments