अवकाश प्राप्त गरेपनि डा.केशीले चिकित्सा क्षेत्रको बेथितिका विरुद्ध आन्दोलनलाई जारि राख्ने

आरजू/पोखरा, असोज २७-चिकित्सा क्षेत्रमा लगातार सुधारको माग गर्दै आउनु भएका डाक्टर गोविन्द केशी उमेर हदको कारण सरकारी सोमवार सेवाबाट अवकाश लिदैं हुनुहुन्छ । अवकाश प्राप्त गरेपनि डा.केशीले आफ्नो चिकित्सा क्षेत्रमा देखिएको बेथितिका विरुद्धको आन्दोलनलाई जारि राख्ने बताउनु भएको छ ।

photo:social media

शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नि तथा नशा रोग विशेषज्ञका रुपमा काम गर्दै आउनु भएका ६३ वर्षिय डा.केशीले सोमवार सेवाबाट अवकाश लिन लाग्नु भएको त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.प्रेमकृष्ण खड्काले बताउनु भएको छ ।

डा.केशीले चिकित्सा क्षेत्रको बेथितिको सुधारको बारेमा आन्दोलन गरिरहेकै बेला यसअघि उहाँको नागरिकता, एसएलसि चारित्रिक प्रमाण पत्र तथा वढुवाको फाराममा जन्ममिति फरक भेटिएपछि विवादमा पर्नुभएको थियो । डा. केशीको नागरिकतामा उल्लेख भएको जन्ममिति २०२३ साल असोज २७ गते रहेको छ । यहि मितिलाई मानक मान्दै अस्पतालले सोमवार केशीलाई अवकाश दिन लागेको हो ।

बितेका ७ वर्षदेखि डा.केशीले चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै पटक पटक अनशन बस्दै सरकारलाई दवाव दिदैं आउनु भएको छ । काठमाडौं लगायत देशका केहि जिल्लामा पुगेर पनि उहाँ अनशन बस्नु भएको थियो । २०६१ साल असार २१ बाट उहाँले अनशन बस्न शुरु गर्नुभएको थियो भने १६ औं चरको आनदोलन अन्र्तगतको अनशन पूर्वि नेपालको ईलामामा बस्नुभएको थियो ।

डा. निकटस्थ श्रोतका अनुसार डा.केशीले सरकारी सेवाबाट अवकाश लिएको दिन पारेरै सोमवार पत्रकार सम्मेलन आयोजना गरि चिकित्सा क्षेत्रको सुधारको लागि आन्दोलनलाई शुरु गर्ने संभावना रहेको छ । डा.केशीको अवकाश तथा आन्दोलनको यो खबरलाई आजको अन्नपूर्ण दैनिकले छापेको छ ।

Facebook Comments