अर्घाखाँची दुर्घटनाः ज्यान गुमाउनेको संख्या १८ पुग्यो

अर्घाखाँची ११ मंसिर । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६ स्थित रातामाटामा भएको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना भएको हो । बस सडकबाट ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटना गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि बुटवल पठाइएको छ। घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ ।मृतक र घाइतेको अहिलेसम्म सनाखत हुन सकेको छैन ।दुर्घटनामा १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सहायक प्रजिअ विष्णुराज बेल्वासेले जानकारी दिए । मृत्यु हुनेमा ११ पुरुष र सात महिला रहेको सहायक प्रजिअ बेल्वासेले बताए ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र दुई जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताए । खबरहब

Facebook Comments