अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा विश्व स्वास्थ्य संगठनलाई दिइएको चिठीमा वास्तविक गल्ती

पोखरा, जेष्ठ ७-प्रसिद्ध चिकित्सासम्बन्धि पत्रिका लान्सेटले मै १९ तारिख एउटा विवरण प्रकाशित गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १८ तारिख विश्व स्वास्थ्य संगठनलाई पठाउनुभएको चिठीमा वास्तविक गल्ती रहेको उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी सरकारको छानबिनबाट विश्व स्वास्थ्य संगठनले लान्सेट लगायत अरु संस्थाले सन् २०१९ डिसेम्बरको आरम्भमा चीनको वुहानमा एक किमिमको भाइरसको महामारीको रिपोर्टलाई बेवास्ता गरेको चिठीमा उल्लेख गर्नुभएको छ।

तर लान्सेटका प्रधान सम्पादक रिचर्ड होल्डनले यसको जवाफ दिँदै राष्ट्रपति ट्रम्पको भनाइमा वास्तविक गल्ती रहेको तथा सन् २०१९ डिसेम्बरको लान्सेट पत्रिकामा उक्त रिपोर्ट प्रकाशित नगरिएको बताउनुभएको छ। कोरोना भाइरससम्बन्धी पहिलो रिपोर्ट सन् २०२० को जनवरी २४ तारिख प्रकाशित गरेको उहाँले व्यक्त गर्नुभएको छ।श्रोत :सिआरआइ डट सिएन

Facebook Comments