अमेरिका : कोरोना संक्रमणको संख्या ७ लाख ३८ हजार ९२३, मृतकको संख्या ३९ हजार १५ पुग्यो

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख ०७

कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा वढी मानिस अमेरिकामा संक्रमति भएका छन् । आईतवार अपरान्हसम्म त्यहाँ संक्रमित हुनेको संख्या ७ लाख ३८ हजार ९२३ पुगेको छ । आईतवार १३१ नयाँ संक्रमित भेटिएका छन् भने अहिलेसम्म अमेरिकामा ३९ हजार १५ जनाको मृत्यु भएको छ ।

अमेरिका पछि स्पेन दोश्रो धेरै संक्रमित भएको देश हो । जहाँ १ लाख ९४ हजार ४१६ जनामा संक्रमण भएको छ । २० हजार ६३९ जनाको मृत्यु भएको छ । ७४ जहार ७९७ जना निको भएका छन् ।

इटाली तेश्रो धेरै संक्रमित भएको देश हो । अहिलेसम्म १ लाख ७५ हजार ९२५ संक्रमित भएका छन् । २३ हजार २२७ जनाको मृत्यु भएको छ भने ४४ हजार ९२७ जना निको भएका छन् ।

फ्रान्समा १ लाख ५१ हजार ७९३ मानिसमा संक्रमण भएको छ । १९ हजार ३२३ जनाको मृत्यु भएको छ भने ३५ हजार ९८३ जना निको भएका छन् ।

यस्तै जर्मनीमा १ लाख ४३ हजार ७२४ संक्रमित र ४ हजार ५३८ को मृत्यु, यूकेमा १ लाख १४ हजार २१७ जना संक्रमित र १५ हजार ४६४ जनाको मृत्यु भएको छ ।

विश्वमा कोरोना संक्रमित हुनेको संख्या २३ लाख ४० हजार ८५६, १ लाख ६० हजार ९०३ को मृत्यु, ६ लाख ७४६ पूर्वावस्थामा फर्किए

आईतवार अपरान्हसम्म विश्वभर कारोनाभाइरसबाट संक्रमित हुनेको संख्या २३ लाख ४० हजार ८५६ पुगेको छ । अहिलेसम्म ६ लाख ७४६ जना मानिस निको भएर पूर्वावस्थामा फर्किएका छन् भने विश्वभर १ लाख ६० हजार ९०३ जनाको मृत्यु भएको छ ।

विश्वभर १५ लाख ७९ हजार २०७ वटा संक्रमणका सक्रिय केस रहेका छन् । ति मध्य १५ लाख २३ हजार ९३७ जनाको अवस्था सामान्य रहेको छ भने ५५ हजार २७० को अवस्था गम्भिर रहेको छ ।

आईतवार अपरान्हसम्म विश्वभर १० हजार ६३ जना नयाँ संक्रमित थपिएका छन् भने २६० को मृत्यु भएको वल्र्डओमिटर्स डट इन्फोले लेखेको छ ।

Facebook Comments