अमेरिकामा ५ लाख ६० हजार वढि संक्रमित, २२ हजार ११५ को मृत्यु, विश्वभर १८ लाख ६५ हजार संक्रमित

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख ०१

कोरोनाभाइरसको संक्रमण फैलिएका विश्वका २१० देश मध्य एक मात्र उत्तर अमेरिकी देश “ग्रीनल्याण्ड” ग्रीन जोनमा परेको छ । त्यहाँ कोरोनाका ११ संक्रमित भेटिएका थिए भने ११ जना नै उपचार पछि पूर्ण निको भएर सामान्य जिवनमा फर्किएका छन् । ग्रील्याण्डमा ७७० जनाको नमूना परिक्षण गरिएको थियो ।

विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ६५ हजार १५ पुगेको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ लाख १५ हजार १३६४ पुगेको छ भने ४ लाख ३३ हजार ९१४ जना निको भएर घर फर्किएका छन् ।

विश्वभर १३ लाख १५ हजार ९६५ कोरोनाभाइरसका सक्रिय केस रहेका छन् । ति मध्य ५० हजार ७९० जनाको अवस्था गम्भिर रहेको छ भने १२ लाख ६५ हजार १७५ जनाको अवस्था सामान्य रहेको छ । सोमवार बेलुकासम्म नयाँ केस १२ हजार ७५८ थपिएका छन् भने ९४२ जनाको मृत्यु भएको छ ।

अमेरिका अहिलेसम्म ५ लाख ६० हजार ४३३ जना संक्रमित भएका छन् । जहाँ २२ हजार ११५ मानिसको मृत्यु भएको छ । ३२ हजार ६३४ जना निको भएका छन् भने ५ लाख ५ जहार ६८४ वटा सक्रिय केसहरु रहेका छन् । ११ हजार ७६६ को अवस्था गम्भिर रहेको छ । अमेरिकामा २८ लाख ३३ हजार ११२ जनाको नमूना परिक्षण गरिएको छ ।

स्पेनमा स्पेनमा १ लाख ६९ हजार ४९६ जनामा संक्रमण देखिएको छ । १७ हजार ४८९ जनाको मृत्यु भएको छ । ६२ हजार २७१ जना निको भईसकेका छन् भने ८७ हजार २८० सक्रिय केस रहेका छन् । ७ हजार ३७१ गम्भिर अवस्थामा रहेका छन् र ६ लाख को नमूना परिक्षण गरिएको छ । आज स्पेनमा २८० को मृत्यु भएको छ ।

ईटाली इटालीमा अहिलेसम्म १ लाख ५६ हजार ३६३ जना संक्रमति भेटिएका छन् । १९ हजार ८९९ जनाको मृत्यु भएको छ । ३४ हजार २११ जना निको भएका छन् भने १ लाख २ हजार २५३ वटा सक्रिय केस रहेका छन् । त्यहाँ १० लाख १० हजार १९३ को नमूना परिक्षण गरिएको छ ।

फ्रान्स फ्रान्समा अहिलेसम्म १ लाख ३२ हजार ५९१ जनामा संक्रमण देखिएको छ । १४ हजार ३९३ को मृत्यु भएको छ भने २७ हजार १८६ जना निको भएका छन् । त्यहाँ ९१ हजार १२ सक्रिय केस रहेका छन् । ६ हजार ८४५ को अवस्था गम्भिर रहेको छ भने ३ लाख ३३ हजार ८०७ को नमूना परिक्षण गरिएको छ ।

जर्मनी जर्मनीमा १ लाख २७ हजार ८५४ मा संक्रमण देखिएको छ । ३ हजार २२ जनाको मृत्यु भएको छ भने ६० हजार ३०० निको भएर घर फर्किएका छन् । ६४ हजार ५३२ सक्रिय केस रहेका छन् भने ४ हजार ८९५ को अवस्था गम्भिर रहेको छ । जर्मनीमा १३ लाख १७ हजार ८८७ को नमूना परिक्षण गरिएको छ ।

यूके यूकेमा ८४ हजार २७९ जनामा संक्रमण देखिएको छ । १० हजार ६१२ जनाको मृत्यु भएको छ भने ७३ हजार ३२३ सक्रिय केस रहेका छन् । जहाँ ३ लाख ५२ हजार ९७४ को परिक्षण गरिएको छ ।

चाईना चाईनामा ८२ हजार १६० जनामा संक्रमण देखिएको छ । त्यहाँ ३ हजार ३४१ जनाको मृत्यु भएको छ भने ७७ हजार ६६३ जना निको भईसकेका छन् । १ हजार १५६ सक्रिय केस रहेका छन् भने १२१ जनाको अवस्था गम्भिर रहेको छ ।

भारत भारतमा ९ हजार २४० जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ३३१ जनाको मृत्यु भएको छ भने १ हजार ९६ जना निको भईसकेका छन् । १ लाख ८९ हजार १११ को नमूना परिक्षण गरिएको छ ।

Facebook Comments