अमेरिकाको सरकारी वेबसाइट ह्रयाक

पुस २० । अमेरिकाको सरकारद्वारा संचालित एक वेबसाइटलाई आफूलाई इरानी सरकारको प्रतिनिधि बताउने ह्याकर समूहले ह्याक गरिदिएको छ । अमेरिकन सरकारी निकाय फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्रामको वेबसाइट आफूलाई इरानको बताउने ह्याकरले ह्याक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था द गार्जियनले जनाएको छ ।

वेबसाइइट खोल्दा इन द नेम अफ् गड अर्थात् भगवानको नाममा, इरान साइबर सुरक्षा समूह ह्याकर्स लेखेको पाइन्छ । यसमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई इरान लेखिएको मुड्कीले गालामा हानिरहेको र ट्रम्पको मुखबाट रगत बगिरहेको तस्बिर राखिएको छ ।

\ गएको शुक्रबार इराकमा अमेरिकाले गरेको आक्रमणमा ईरानी सेनाका जर्नेल कासिम सुलेमानीको ज्यान गएपछि ईरानले सही समय र सही ठाउँमा यसको बदला लिने चेतावनी दिइसकेको छ ।एजेन्सी

Facebook Comments