“अमृतालाई बचाऔंं ।” मृगौला पिडित छोरीको उपचारको लागि बुबा पोखरामा सहयोगको याचना गर्दै(video)

अन्नपूर्णअनलाईन/पोखरा १५, कात्तिक

मृगौला पिडित छोरीको उपचारको लागि बुबा शंकर कामी सहयोगको याचना गर्दै पोखरामा आएकाछन्। ३३ बर्षीया छोरी अमृता विक (सुनार) को दुबै मृगौलाले काम गर्न छाडेपछि हाल उनको उपचारको लागि बुबा शंखर पोखरामा विभिन्न संघ संस्थामा सहयोगको याचना गर्दै हिडेका हुन्।

by:aarju

कास्की अन्नपूर्ण गाउँपालिका ५ का शंकर परिवारले अमृतकाको जेठबाट मृगौलामा समस्या देखिएसंगै उनको उपचार गर्दै आउँदा हालसम्म करिब ३ लाख ५० हजार भन्दा बढी खर्च भएको उनको परिवार श्रोतले जनाएको छ । रुकुम घर भई हाल पोखराको नयाँगाँउमा बस्दै आएकी अमृता मृगौलाको समस्या छ भने उनको दोश्रो सन्तान २१ महिनाका पूर्र्ण कुमार विक सुनार दृष्टिविहिन हुन्।

सहयोग गर्न चाहने महानुभावले अमृताका बुबा शंकर बिकको फोन नं ९८०५८१५८०१÷ भिनाजु धनप्रसाद लामिछाने ९८१६२५१६८९ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

अमृताको हरेक हप्तामा दुई पटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क डायलोसिस हुदै आएको छ भने व्लड र औषधि उपचारको खर्च निकै महङगो भएकोले अब आफ्नो खर्चले धान्न नसके पछि सहयोगको याचना गरिएको उनका बुबा शंकरले जनाए । उनका बाबु शंकरले भने “हामी गरिबको लागि यस्ता रोग लाग्दा निकै कठिन हुदो रैछ, छोरीको जिवन बचाउन तपाईहरुको सानो सहयोगले मेरो छोरीको अर्को जन्म हुने छ ।”

मृगौला प्रत्यारोपण गर्न करिब ४० लाख रुपैया लाग्ने अस्पताल श्रोतले जनाए पनि मृगौला प्रत्यारोपण गर्न हाल आफुहरुसंग रकम अभाव भएको बुबा शंकरले गुनासो गरे । अमृतका श्रीमान हरी विक (सुनार) मजदुरी गर्न दुवई गएको करिब ६ महिना मात्र भएको छ भने अमृताकी ३ बर्षीया छोरी निहा उनको साथमै छन्।

सहयोग गर्न चाहने महानुभावले अमृताका बुबा शंकर बिकको फोन नं ९८०५८१५८०१: भिनाजु धनप्रसाद लामिछाने ९८१६२५१६८९ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

Facebook Comments