अब नयाँ ढाँचामा विपद व्यवस्थापन, कास्की रेडक्रस र महानगरबीच सहमति पत्रमा हस्ताक्षर, मान्छेकै कारण विपद :मेयर जिसी(video)

आरजू/अनलाइनअन्नपूर्ण/पोखरा, साउन ११

पोखरा महानगरपालिका र नेपाल रेडक्रस सोसाईटी कास्कीबीच सिफारिस भई छनौटमा परेका तीन वडाहरुमा विपद व्यवस्थापन, जोखिम न्यूकिरणका र दीगोपनाका लागि आईतवार एक सहमति पत्रमा हस्ताक्षर भई सहमति पत्र आदान प्रदान गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी कास्कीले संचालन गरिरहेको नगर केन्द्रीत “उत्थानशिल नगर प्रवर्धन र सहभागिता कार्यक्रम, स्योर” परियोजनाको बाँकि डेढ वर्षको अवधिमा अँझ वढी प्रभावकारी काम गर्न महानगरले सिफारीस गरेका वडा नं ६, १३ र १८ का अति जोखिमयुक्त क्षेत्र, वस्ति र समुदायमा काम गर्ने गरी सहमति पत्रमा मेयर मान बहादुर जिसी तथा रेडक्रस कास्कीका सभापति डोलराज पाण्डेले हस्ताक्षर गर्नुभएको हो ।

आयोजित “सहमति तथा अभिमुखिकरण कार्यशाला” मा प्रमुख अतिथि मेयर जिसिले बिपद कसरी आईरहेको छ भन्ने कुरा पत्ता लगाउनु पर्ने अहिलेको मुख्य विषय भएको बताउनु भयो । विपद हामीले निम्त्याएका छौं, प्रकृतिले होईन, हामीले बनाएका पूर्वाधारहरु, गरेका कामहरु र ऐन, कानूनभित्र नबसेर जबरजस्ति गरेका कार्यहरुले दिन प्रतिदिन विपदलाई निम्त्याई रहेको उहाँले बताउनु भयो ।

by-aarju

बाटो नखन्नु पर्ने ठाउँमा खन्ने काम भईरहेको छ । सराङकोट जोखिमयुक्त टाउँ हो, बेलैमा सचेत भएनौं । बाटो तल स्ट्रक्चर बनायौं र पानी त्यतै फाल्यौं, हामीले बनाएको निर्माणले धान्न सकेन र विपद निम्तियो । अहिले घन्टामा २ हजार, २५ सयमा भाडामा पाईने जेसिबि मनपरि ढंगले चलाईएको छ, जेसिबी चलाउने कामलाई बहादुरी ठानेका छौं, भोलि त्यसको असर केके पर्ला भनेर सोचिएको छैन । मेयर जिसीले भन्नुभयो :“निर्माण सामाग्रीको रुपमा अति दोहन भईरहेको छ, लालपूर्जा छ भन्दैमा जग्गाबाट उत्खनन्का काम भईरहेका छन्, त्यहि काम गर्ने मानिस महान कहलिएको छ । उस्लाई छिमेकीलाई के असर परिरहेको छ भन्ने कुराको मतलव छैन ।” अब छिमेकी र वस्तिलाई नोक्सानी हुने गरी काम गर्ने कसैलाई पनि छुन नहुने मेयर जिसीले बताउनु भयो ।

कुनैपनि बेलामा ठूलो भूकम्प वा वर्षामा वाढी, पहिरो जान सक्छ । त्यसैले उच्च जोखिममा रहेका क्षेत्रमा पूर्व तयारीका कामहरु नगर्ने हो भने ठूलो क्षेती व्यहोर्नु पर्ने अवस्था आउँछ । मेयर जिसीले भन्नुभयो ः“विपद कहिल्यै अन्त्य नहुने भएकोले यसलाई न्यूनिकरण गर्ने नै हो । त्यसका लागि पूर्व तयारीका यथेष्ट काम गर्नुपर्छ । विपदका क्षेत्रमा काम गर्नेहरुको लागि उपकरण, ाधन श्रोतका बारेमा सोच्नुपर्छ ।” अब हामी कठोर बन्ने बेला आएको छ । प्रकृतिलाई संरक्षण गर्नुपर्छ, प्रकृतिमाथि खेलवाड गर्न पाईन्न । मेयर जिसीले भन्नुभयो :“हामीले तत्कालको लागि रेडक्रसको स्योर कार्यक्रममार्फत ३ वटा वडाहरु वडा नं ६, १३ र १८ मा काम गर्न खोजेका छौं, यि विपदका लागि उच्च जोखिममा छन् ।”

मेयर जिसीले सबैजना बेलैमा सचेत बन्न जरुरी रहेको बताउँदै यदि त्यसो गरिएन भने र वातावरण नबनाए “न रह्यो बाँस, न बज्यो बाँसुरी” को हालत हुने बताउनु भयो । महानगर र रेडक्रसको सहकार्यले विपद व्यवस्थापन तथा न्यूनिकरणको लागि सहि दिशा निर्देश गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापति डोलराज पाण्डेले पोखरा महानगरपालिकासंग सहकार्य गरेर स्योर को पाँच वर्षे परियोजना ब्रिटिश रेडक्रसको सहयोगमा संचालन गरिरहेकोमा अब बाँकि समयको लागि नयाँ ढंगले जाने योजना बनाएकोले सोहि अनुसार जान लागेको बताउनु भयो ।

by-aarju

पाण्डेले अहिलेको नयाँ ढाँचा अनुसार विपद व्यवस्थापन, न्यूनिकरणको साथमा दीगोपना थपिएको बताउनु भयो । अर्थात अब गरिने जम्मै कामहरुमा दीगोपनाको खोजि हुनेछ । कार्यक्रमको लक्ष्य भनेको समुदायलाई सशक्त बनाउने, उत्प्रेरीत बनाउने र विपदसंग सामना गर्न सक्ने क्षमताको विकास गर्ने खालको बनाउने हो, यसमा महानगरले साथ दिएको पाण्डेले बताउनु भयो ।

उत्थानशिल नगर प्रवर्धन र सहभागिता कार्यक्रम, स्योरका कास्की संयोजक दीवाकर सुवेदीले शहर केन्द्रीत विपद व्यवस्थापन तथा न्यूनिकरणका बारेमा प्रिजेन्टेसन गर्नुभयो । उहाँले बिगतका दिनमा पोखरा महानगरपालिकासंग सहकार्य गरेर काम गरिएको बताउँदै आगामी दिनमा छनौटमा परेका वडा नं ६, १३ र १८ मा काम गर्ने योजनाहरु तय भएको बतााउनु भयो ।

सुवेदीले प्रत्येक वडामा विपदको लागि काम गर्न २०-२० जना अगुवा कार्यकर्ता तयार गर्ने, तालिम दिने र समुदायको क्षमता वढाउने कार्यमा जाने, एक एक वटा विद्यालय छानेर उत्थाशिल बनाउने लक्ष्य रहेको बताउनु भयो । साथै उहाँले विपद न्यूनिकरणको साथमा विकासलाई पनि संगै लैजानु पर्ने कुरामा जोड दिनुभयो ।

यसअघि सहभागिलाई रेडक्रस कास्कीका उपमन्त्री उर्मिला खड्का भण्डारीले स्वागत गर्नुभएको थियो । रेडक्रस कास्कीका मन्त्री धर्मराज अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा पोखरा महानगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, वडाध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Facebook Comments