अबको १५ दिन भित्रमा सागको सम्पूर्ण कार्य सम्पन्न गर्ने सदस्य सचिव शिल्वालको दाबी

दीननाथ बराल पोखरा २४, कात्र्तिक । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिल्वालले अबको १५ दिन भित्रमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण कार्य सम्पन्न गर्ने दाबी गरेकाछन्। पोखरा रंगशालामा आइतबार आयोजना भएको पत्रकार सम्मेलनमा वोल्दै सदस्य सचिव शिल्वालले आगामी मंसिर ५ गते भित्र साग लक्षित निर्माण कार्य सम्पन्न गरेसंगै १५ दिनमा सागको निर्माण कार्य सम्पन्न गर्ने दाबी गरेका हुन्।

उनले भने “ २÷३ खेलका पूर्वाधार बाहेक अन्य खेल पूर्वाधार लगभग तयार भएका छन, काठमाण्डौंमा हिटिङ कुलिङ केही समस्या रहेको छ तर एक हप्तामा हामी हल गर्ने छौं र दशरथ रंगशाला निर्माण अन्तिम चरणमा पुगेको छ, पोखराको फुटवल स्टेडिएम निर्माण पनि अन्तिम चरणमा पुगेको छ । ” पोखराको फुटवल स्टेडिएममा प्यारापिट निर्माण अबको १५ दिन भित्रमा सम्पन्न हुने सदस्य सचिव शिल्वालले बताए । इन्टर लग सिस्टममा प्यारापिट निर्माण हुने भएको निर्माण कम्पनीले सामान आएको एक हप्ता भित्रमा एकातर्फ प्यारापिट जडान गर्ने आफुहरुलाई वचन दिएको उनले बताए ।

सातै राष्ट्रका प्रतिनिधिहरुले नेपालमा आयोजना हुने साग सम्पन्न गर्न आवश्यक कुनै सहयोग परेमा सहयोग गर्ने तत्परता समेत देखाएको उनले जनाए । उनले भने “ यो सागबाट हामीले हाम्रो मित्रतालाई दरिलो पार्नु छ, नेपालको पर्यटनलाई प्रबद्र्धन गर्ने खेल क्षेत्रलाई प्रबद्र्धन गर्ने र नेपालको इज्जत प्रतिष्ठा, सम्मानलाई अझै उचो पार्ने लक्ष्य राखेकाछौं । ”

सागमा प्याराग्लाईडिङ खेलको बारेमा हाल नहुने बिषयमा नटुंगिएको सदस्य सचिव शिल्वालले बताए । उनले भने “ प्याराग्लाईडिङमा नेपालले दर्ता गरेको छ यसमा भारतले आफ्नो सहभागिताको लागि वचन दिएको छ, अनिवार्य रुपमा खेलाइने खेलमा ४ टिम अन्यमा तीन टिम हुनु पर्छ । ” नेपालमा हुने सागमा कुनै कसर बाँकी नराख्ने सदस्य सचिव शिल्वालले बताए । प्याराग्लाईडिङ खेलमा सहभागि गराउन बिषेश व्याबस्था गरिएको उनल्े जनाए ।

उनले भने“ हामीले सवै खेल आयोजना गर्ने उद्धेश्यले प्याराग्लाईडिङ खेललाई समेत आयोजना गर्नको लागि यदि सहभागि हुने कनै राष्ट्रका खेलाडीहरुलाई आउने, जाने, खाने बस्ने, प्रशिक्षण सहितको सेवा सुविधा निशुल्क उपलब्ध गराउने हामीले पत्र समेत पठाएका छौं । ”

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले अब नेपालमा साग हुने कुरामा कुनै शंका नभएको बताउदै यसमा सवै मिलेर सम्पन्न गर्न आग्रह गरे । नेपालको मौसम फरक प्रकारको भएकोले गर्दा विभिन्न देशका खेलाडीहरु खेल तालिका भन्दा अघि नै प्रशिक्षणको लागि आउन खोजेको उनले बताए ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री तथा साग पोखराको स्थानिय व्यबस्थापन समितिका संयोजक समेत रहकी नरदेवी पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । साग अन्तरगत पोखरामा ९ खेल हुने भनिएपनि प्याराग्लाइडिङ भने हुने नहुने अझै टुंगो लागेको छैन।

Facebook Comments