अफसिजनमा पनि साग ले गर्दा पोखराको होटल अकुपेन्सि ६० प्रतिशत

दीननाथ बराल पोखरा १७ । मंसिर १३ औं साग अन्र्तगत पोखरामा पनि हाल ८ खेलहरु संचालन भई रहदा अफसिजनमा पनि पोखरामा होटल अकुपेन्सि भने करिब ६० प्रतिशत पुगेको छ । डिसेम्वर महिना पर्यटकको लागि अफसिजन जस्तै हो तर पोखरामा साग हुनुले पोखराको होटल अकुपेन्सि हाल करिब ६० प्रतिशतसम्म रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए ।

साग लक्षित पोखरामा होटल अकुपेन्सि हाल करिब २० प्रतिशतले थप बृद्धि भएकोे अध्यक्ष तुलाचनले बताए । अफसिजनको समयमा पोखरामा साग हुनुले आफुहरु सहित पोखरा क्षेत्रको यातायात देखि विभिन्न व्यवसायको समेत प्रबद्र्धन भएको उनले दाबी गरे ।

उनका अनुसार पोखरा क्षेत्रमा हाल पर्यटक स्तरिय साना, मध्यम र ठुला गरी करिब ८ सय होटलहरु रहेकाछन्। पर्यटकीय स्थल पोखरामा साग हुनु आफैमा पोखराको लागि राम्रो अवसर जुटेको जसले गर्दा पोखरामा खेलपूर्वाधार सहित यहाँको आर्थिक कृयाकलापलाई समेत यसले प्रत्यक्ष रुपमा फाइदा पु¥याएको उनको बुझाई थियो ।

यही मंसिर १५ देखि २४ गतेसम्म संचालन हुने १३ औंं सागमा सहभागि हुन आएका ७ देशका खेलाडी, अफिसियल सहितका उनका आफन्त, साथीभाई र खेलकुदकर्मीको पोखरा आगमनले पोखराको होटल व्यवसायीहरुलाई यसले प्रत्यक्ष फाइदा पुगेको अध्यक्ष तुलाचनले जनाए ।

साग लक्षित पोखरामा पर्यटक स्तरिय ४५ वटा होटलहरु बुकिङ भएको आवास व्याबस्थापन समितिका संयोजक सुर्य बहादुर भुजेलले बताए । उनका अनुसार सागको अवसरमा एक हप्ता देखि दुई हप्तासम्म एक हजार भन्दा बढी खेलाडी, अफिसिलय सहितको टोली पोखरामा रहने भएको छ भने अन्य उनीहरुका आफन्त, साथी भाई र खेलकुदकर्मी गरी दैनिक जसो ३÷४ हजार जना पोखरा क्षेत्रमा बसोवास गर्ने गरेकाछन्।

१३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगतको महिला फुटबल प्रतियोगिताको मंगलबार भएको पहिलो खेलमा नेपालले श्रीलंका माथि १—० को विजयी शुरुवात गरेको छ । नेपाली फुटवलरलाई समर्थन गर्न खेलप्रेमी रंगशाला पुगेका थिए ।

Facebook Comments