अपडेट :एशियामा ३ लाख ९९ हजार वढि संक्रमित, १५ हजार २०१ को मृत्यु, ३,१३५ नयाँ संक्रमित थपिए

विश्व :१ लाख १७१ हजार ६४ जनाको मृत्यु, २४ लाख ९५ हजार ३६२ संक्रमित

अनलाइनअन्नपूर्ण/पोखरा, वैशाख ०९

मंगलवार बेलुकासम्म एशियाका ४८ देशमा कोरोनाभाइरसबाट संक्रमति हुनेको संख्या ३ लाख ९९ हजार ६०४ पुगेको छ । अहिलेसम्म १५ हजार २०१ को मृत्यु भएको छ । बेलुकासम्म ३ हजार १३५ जना नयाँ संक्रमित देखिएका छन् भने ६९ को मृत्यु भएको पाईएको छ ।

एशियामा १ लाख ८७ हजार १४८ जना निको भएर घर फर्किएका छन् भने १ लाख ९७ हजार २५५ वटा सक्रिय संक्रमणका केसहरु रहेका छन् । जसमा ६ हजार ३०४ जनाको अवस्था गम्भिर रहेको छ ।

मंगलवार बेलुकासम्म इजरायलमा ४, दक्षिण कोरियामा १, पाकिस्तानमा १६, इण्डोनेसियामा २६, फिलिपिन्समा ९, बंगलादेशमा ९, थाईल्याण्डमा १, ओमानमा १, अर्मेनियामा २ गरि ६९ जनाको मृत्यु भएको छ ।

चाईनामा ११, भारतमा ११९, इजरायलमा १७०, दक्षिण कोरियामा ९, पाकिस्तानमा ३२४, सिंगापुरमा १ हजार १११, इण्डोनेसियामा ३७५, फिलिपिन्समा १४०, बंगलादेशमा ४३४, थाईल्याण्डमा १९, काजाकिस्तानमा ११५, उज्वेकिस्तानमा ३०, किर्गिजस्थानमा २२, ओमान ९८, अर्मेनिया ६२, अफगानिस्तानमा ६६, किर्गिस्तानमा २२ लगायतका अन्य देशमा गरि ३ हजार १३५ वटा नयाँ केस देखिएका छन् ।

टर्किमा सबैभन्दा वढि संक्रमित छन् । त्यहाँ ९० हजार ९८० संक्रमित रहेका छन् । २ हजार १४० को मृत्यु भएको छ ।

इरानमा ८३ हजार ५०५ जना संक्रमित रहेका छन् । ५ हजार २०९ जनाको मृत्यु भएको छ ।

चाईनामा ८२ हजार ७५८ संक्रमित भएकामा ७७ हजार १२३ निको भईसकेका छन् भने त्यहाँ अहिलेसम्म ४ हजार ६३२ को मृत्यु भएको छ ।

भारतमा १८ हजार ६५८ जना संक्रमित छन् । ५९२ जनाको मृत्यु भएको छ ।

इजरायलमा १३ हजार ८८३ जना संक्रमित रहेका छन् । १८१ जनाको मृत्यु भएको छ ।

जापानमा ११ हजार १३५ जना संक्रमित रहेका छन् भने २६३ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरियामा १० हजार ६८३ जनामा संक्रमण भएको छ । २३७ जनाको मृत्यु भएको छ ।

साउदी अरेबियामा १० हजार ४८४ जना संक्रमित रहेका छन् । १०३ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा ९ हजार २१६ जनामा संक्रमण देखिएको छ । १९२ जनाको मृत्यु भएको छ ।

सिंगापुरमा ९ हजार १२५ संक्रमित छन् भने ११ जनाको मृत्यु भएको छ ।

यूएईमा ७ हजार २६५ जनामा संक्रमण देखिएको छ भने ४३ जनाको मृत्यु भएको छ ।

नेपालमा ३१ जनामा संक्रमण दखिएकोमा ४ जना घर फर्किएका छन् भने २७ वटा केस सक्रिय रहेका छन् । अहिलेसम्म २९ हजार ५६७ वटा परिक्षण गरिएको छ ।

अहिलेसम्म टर्किमा २ हजार १४०, इरानमा ५ हजार २०९, चाईनामा ४ हजार ६३२, भारतमा ५९२, इजरायलमा १८१, जापानमा २६३, दक्षिण कोरियामा २३७, साउदी अरेबियामा १०३, पाकिस्तानमा १९२, सिंगापुरमा ११, यूएईमा ४३, इन्डोनेशियामा ६१६, फिलिपिन्समा ४३७, कतारमा ९, मलेसियामा ८९, बंगलादेशमा ११०, थाईल्याण्डमा ४८, कुवेतमा ९, काजाकिस्तानमा १९ र बहराईनमा ७ जनाको मृत्यु भएको छ ।

यस्तै उज्वेकिस्तानमा ५, इराकमा ८२, अजरबैजानमा १९, ओमानमा ८, अर्मेनियामा २४, अफगानिस्तानमा ३६, हंङकङमा ४, साईप्रसमा १२, लेवनानमा २१, किर्गिजस्थानमा ७, प्यालेस्टाईनमा ३, जोर्डनमा ७, ताईवानमा ६, जर्जियामा ४, श्रीलंकामा ७, ब्रुनाईमा १, म्यानमारमा ५, सिरीयामा ३ गरि १५ हजार २०१ जनाको मृत्यु भएको छ ।

एशियाका कोरोनाभाइरसबाट संक्रमित भेटिएका ४८ देश मध्य नेपालसहितका १० देशमा अहिलेसम्म कसैको मृत्यु भएको छैन । गम्भिर अवस्थामा विरामी एकदमै न्यून रहेका छन् ।

विश्व :१ लाख १७१ हजार ६४ जनाको मृत्यु, २४ लाख ९५ हजार ३६२ संक्रमित

विश्वभर मंगलवार बेलुकासम्म १ लाख १७१ हजार ६४ जनाको मृत्यु भएको छ । २४ लाख ९५ हजार ३६२ संक्रमितको संख्या पुगेको छ भने १४ हजार ८५९ नयाँ केस थपिएका छन् ।

सबैभन्दा धेरै संक्रमण अमेरिकामा देखिएको छ । त्यहाँ ७ लाख ९२ हजार ९३८ जनामा संक्रमण भएको छ । ४२ हजार ५१८ जनाको मृत्यु भएको छ । अमेरिकाले हालसम्म ४० लाख २७ हजार ३६७ जनाको परिक्षण गरिसकेको छ ।श्रोत :वल्र्डओमिटर्स डट इन्फो

Facebook Comments