अन्नपूर्ण पदमार्गमा सम्पर्क विहिन भएकाको खोजि कार्य जारी

दीननाथ बराल पोखरा ५, माघ । ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको एक टोली सडक मार्ग तथा पैदल हुदै अन्नपूर्ण पदमार्गमा पर्ने देउराली लगायतको हिमपहिरो भएको क्षेत्रमा पुगे पनि हालसम्म वेपक्ता व्यत्तिको कुनै संकेत भेटाउन सकेको छैन्। हिमपहिरोको कारण वेपक्ता भएका ३ नेपाली, ४ कोरियन सहित ७ जनाको खोजि कार्यमा लागेको टानको एक टोली हिमपहिरोमा पुगे पनि वेपक्ता भएकाहरुको हालसम्म कुनै संकेत नभेटिएको टान पोखराले जनाएको छ ।

विजय केसीको नेतृत्वमा पर्यटक प्रहरी, स्थानिय सहित ८ जनाको टोली देउँराली सहितको क्षेत्रमा पुगेको टान पोखराका अध्यक्ष हरिबहादुर भुजेलले बताए । त्यसै गरी सम्पर्क विहिन हुने नेपालीका आफन्तहरुको एक टोली जिप मार्फत मक्युसम्म जार्दै गरेको टानले जनाएको छ । हिमपहिरो भएको क्षेत्रमा हाल पुनः हिउँ परेको र बाक्लो करिब ६ मिटर जस्तो बाक्लो हिउँ भएकोले सो क्षेत्रमा जान आउन कठिन भएको घटना स्थलमा पुगेका केसीले जनाएकाछन्।

अन्नपूर्ण पदमार्गमा जाने पर्यटकहरुको एकिन तथ्याङक राख्ने निकाय नहुदा हाल कति आन्तरिक तथा बाह्यि पर्यटक हिमपहिरोमा परे त्यसको एकिन तथ्याङक नभएको टानका सचिव जिवनराम सापकोटाले बताए । सम्पर्क विहिन भएका कोरियनका आफन्तहरु पोखरा आइसकेको उनले जनाए ।

हिमपहिरोमा परी घाइते भएका दुई जनालाई सकुशल उद्धार गरेको अध्यक्ष भुजेलले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएका छन्। उनका अनुसार एक चाइनिज नागरिक ज्याङ योङ र एक जना पदप्रदर्शक सहयोगी जगदिश खत्रीलाई टानको टोलीले उद्धार गरि पोखराको फेवासिटि हस्पिटलमा उपचार समेत गराएको छ ।

अन्नपूर्ण पदमार्ग क्षेत्रको हिमालयन देखि माथि देउँरालीको बिच करिब ३ हजार २ सय मिटर उचाईमा रहेको हिङकुकेभ वरपर हिमपहिरो गएको हुदा उक्त हिमपहिरोमा सम्पर्क विहिन व्यक्तिहरु परेको हुन सक्ने अध्यक्ष भुजेलले बताए । उनले भने “ हामीले शनिबार करिब एक सय ४० जनालाई हेलिकोप्टर मार्फत उद्धार गरौं, आइतबार उक्त क्षेत्रमा पुनः हिउ परेकोले सो स्थानमा हेलिकोप्टर समेत जान नसेन । ”

प्रतिकुल मौसमका कारण आइतबार हिमपहिरो भएको स्थलमा हेलिकोप्टर समेत जान सक्ने नभएकोले सोमबार कोरियन टोली सहित हेलिकोप्टरबाट जाने तयारि गरीएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए । उनका अनुसार सम्पर्क विहिन भएका कोरियनका आफन्त सहित कोरियन राजदुत समेत पोखरा आएकोले सोमबार हिमालयन रेस्क्यू टिम, टान, प्रहरी सहितको टोली हिमपहिरो भएको स्थलमा हेलिकोप्टर मार्फत जाने भएको छ । शनिबार हिमपहिरो भएको क्षेत्रमा धेरै पटक हेलिकोप्टरबाट अवलोकन गर्दा मानिसहरुको कुनै संकेत नदेखिएकोले पुनः सोमबार जाने प्रजिअ केसीले बताए ।

शनिबार पोखराका विभिन्न हेलिकोप्टर कम्पनि, टान पोखराको पहलमा अन्नपूर्ण आधार शिविरमा जार्दै गरेका करिब १ सय ४० जनाको उद्धार गरिएको छ । विभिन्न ठाउँबाट उद्धार गरी केहीलाई छुम्रुङमा र केहीलाई पोखरासम्म ल्याइएको प्रजिअ केसीले जनाए । त्यसै गरी शनिबार पोखरामा नेपाल सहित ७ देशका ६४ जनालाई अन्नपूर्ण पदमार्गबाट पोखरामा होलिकोप्टर मार्फत ल्याईएको छ । विश्वकै उत्कृष्ट पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्ग हेर्दा जति राम्रो र शुन्दर छ प्रतिकुल मौसम हुदा जोखिम पनि उत्तिकै हुने गरेको टानका पूर्व अध्यक्ष दीपकराज अधिकारीले बताए । जोखिम ठाँउमा कम्तिमा साइरेन्सहरुको व्यबस्था गर्न सकेको खण्डमा यस्ता घटना दुर्घटना पश्चात उद्धार गर्न सहज हुने उनले बताए। उक्त हिमपहिरो करिब ३ किलोमिटर क्षेत्रमा रहेको छ ।

Facebook Comments