अन्तराष्ट्रिय म्याराथन सफल बनाउन छलफल जारी

अनलाइनअन्नपूर्ण/पोखरा माघ २२

प्रतियोगिताको मिति नजिकिदै जादाँ सफल अन्तराष्ट्रिय म्याराथनको प्रचार प्रसार लाई पनि तिब्र पारिएको छ ।फागुन ३ गते आयोजना हुने १४ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिता लाई सफल बनाउन आयोजक भूतपूर्व खेलाडी मञ्चले बुधबार पोखराका बिभिन्न सघं सस्था आमा समूह लगाएतका बिभिन्न क्षेत्र सगँ आबद्ध ब्यक्तिहरु सगँ अन्र्तरक्रिया गरेको हो ।

पोखरामा फागुन ३ गते हुन गइरहेको अन्तराष्ट्रिय म्याराथन प्रतियोगितालाई पोखरामाहानगर वडा न १५ को तर्फ बाट महत्वपुर्ण सहयोग गर्ने वडा अध्यक्ष प्रकाश पौडेलले बताए ।साथै सम्पुर्ण आमा समूह टोल, टोल बाट बिषेश गरी हाम्रो पोखरा राम्रो पोखरा बनाउने र खलकुदको माध्यम म्याराथनबाट पनि पोखरालाई अब चिनाएनु पर्छ भन्दै उनले भने भिजिट नेपाल २०२० को बर्ष समेत भएको हुदाँ यस म्याराथन लाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यसै गरी आज बुधबारनै बिभिन्न क्षेत्रहरु सग आबद्ध जोन्टा क्लव, यरोविक क्लव, सागितिक ब्याड, ब्युटिप्रिजेन्टहरु , सगँ मञ्चले छलफल गरेको छ ।हरेक क्षेत्रका ब्यक्तिहरु, सघंसस्थाहरु लाई प्रतिनिधित्व गराउने उद्देश्य अनुरुप अन्र्तरक्रिया र छलफल गरेको आयोजक संस्था भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गरुङले बताए ।

Facebook Comments