“अनलाइन पत्रकारीतामा एकाधिकार चल्दैन, पाठकले तुरुन्तै च्यालेन्ज गर्ने ठाउँ छ”, :ढकाल

आरजू विष्ट सल्यानी
अनलाइनअन्नपूर्ण, पोखरा, वैशाख २४

“अनलाइन पत्रकारीतामा कसैको एकाधिकार चल्दैन ।” पहिले पेपर छापिन्थ्यो, त्यसका भएका सूचना, समाचार हेर्न अर्को दिन पर्खिनु पथ्र्यो । गल्ति वा कमजोरी, प्रतिक्रियाहरु छापिएर आउन अर्को दिन लाग्थ्यो । यस अर्थमा गति सुस्त किसिमको थियो । लेख्नेले लेख्ने, छाप्नेले छाप्ने र पढ्नेले पढ्ने चलन वा एकाधिकार त्यस्तै थियो । अहिले त्यो जमाना छैन । सूचना संचारको परिपाटी तिब्र गतिको छ । तर यहि तिब्र गतिको संचार माध्यमको काम सबैभन्दा जोखिम, खर्तनाक र राम्रो पनि छ जहाँ पाठकले चित्त बुझेन भने तुरुन्तै च्यालेन्ज गर्न सक्छन् ।”

वुधावार नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको “अनलाईन जर्नालिज्म र अबको जिम्मेवारी” विषयक अनलाईन अन्र्तक्रियामा सेतोपाटी डट कमका सम्पादक अमित ढकालले यस्तै पुर्नताजगिका कुराहरु पत्रकारहरुलाई सुनाउनु भयो । अनलाइन जर्नालिज्मको थोरै सूचनाले एकैछिनमा धेरै माथि वाह वाह कमाउने वा अहिलेसम्म कमाएको ख्यातीलाई पनि एकछिनमै सून्यमा पुरयाई दिने क्षमता राख्ने ढकालले बताउनु भयो ।

ढकालले छिटो छिटो प्रकाशसनको नाममा तथ्य र सत्यहिन सूचना संप्रेसणको डर कायमै रहेको बताउनु भयो । तर उहाँले भन्नुभयो :“छिटोका नाममा हामी कहिल्यै नचुकौं, बरु त्यसका लागि पुष्टि गर्ने र त्यतिले पनि पुगेन भने पुर्नपुष्टि गरेर मात्रै समाचार प्रकाशन गर्न पत्रकारहरुलाई सल्लाह दिन्छु ।”

हो, अहिले जमाना अनलाइनको हो । अनलाइनको प्रकृति तिब्र गतिकै हुने गर्छ तर तिब्र गतिमा समाचार दिने नाउमा पुष्टि नभएका, आशंका रहेका सूचनाहरुलाई पुर्नपुष्टि नगरिकन, श्रोतको गहिराईसम्म नपुगेर प्रकाशनमा गए दूर्घना हुन सक्ने संभावना उत्तिकै हुने भएकोले यसतर्फ सचेत रहनु पर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सहजिकरण गर्नुभएको क्लाउड एचडि जुम डिजिटल प्लेटफर्ममा बोल्दै ढकालले पेपरमा हो भने भरेसम्म सच्याउने समय हुन्छ र छपाईमा गएर भोलि पल्ट पाठकको हातमा पुग्छ । तर अनलाईनमा तुरुन्ता तुरुन्तै चाहिने भएकोले सोहि समयमा आएको कुनैपनि सूचनालाई जस्ताको तस्तै नभई पुर्न मुल्यांकन र पुर्नपुष्टि गर्न अति आवस्यक छ, होईन भने विश्वसनियतामा प्रश्न उठ्ने ढकालको भनाई थियो ।

संचार र प्रविधिको पहुँचको कारण अहिले लेखक भन्दा पाठकले लेखकलाई तुरुन्तै लेखेर जवाफ, प्रतिक्रिया दिन सक्ने क्षमता राख्छन् र विभन्न सोसल मिडिया पनि छन् । ढकालले भन्नुभयो :“पाठकले च्यालेन्ज गर्न सक्ने कुरालाई ध्यान दिएर तिनको भार थेग्न सक्ने क्षमताको विकास गराउन आवस्यक छ, त्यसका लागि त पुष्टिबिना त संभव नै हुँदैन ।”

मलाई लाग्छ मेन स्ट्रीमका कहलिएका अनलाईन पोर्टल पनि बेला बेलामा चुक्ने गरेका छन् । यो अवस्था विश्वव्यापी नै देखिन्छ र पटक पटक क्षमा माग गरेका पनि पाईन्छ, यसको अर्थ तथ्य, सत्य र पुर्नपुष्टि नगरिकन हतारमा प्रकाशनमा गएकोले नै हो ।

लेखाईको ताकतले जिल्लाका अनलाइन अगाडी जान सक्छन्

नेपालको परिप्रेक्षमा कतिपय अनलाइनले काठमाडौंबाट चलेकाहरुलाई पछाडी पार्न सक्छन् । राम्रो लेखाइको ताकत छ र पाठकलाई मन पर्ने खालको छ भने जिल्लाबाट संचालित अनलाइनले चूनौती खडा गरिदिन सक्ने संभावना आफुले महशुस गरेको बताउँदै ढकालले यसका लागि तथ्यको पुष्टि र लेखाईको ताकत नै विश्वसनियता आर्जन गर्ने कडि भएको बताउनु भयो ।

अर्को प्रसंगमा ढकालले अनलाइनले हामी सबैलाई प्रजातान्त्रिकरण गर्न सघाई रहेको बताउनु भयो । धेरै भन्दा धेरैलाई एकापसमा जोड्न सफल भएको छ । हामी जुम क्लाउडमा एकै पटक २०, ३० जना जम्मा भएर तुरुन्तै छलफल गर्न पायौं, यो अहिले विश्वभर चलेको छ । यहि एउटा विश्वास अबको अनलाईन पत्रकारीताले कमाउनु पर्छ,, त्यसका लागि पुर्नलेखन र पुर्नपुष्टि गर्नुपर्ने लेखककिय दायित्व लेखक तथा सम्पादकको पहिलो काम हो ।

अनलाइन अन्र्तक्रियामा पोखराका पत्रकारहरु, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, वरिष्ठ पत्रकार गंगाधर पराजुली, रामकृष्ण ज्ञवाली, केशवशरण लामिछाने, भरत कोईराला, सरीता पगेनी, विजय नेपाल, ईश्वर देवकोटा, तारामणि सापकोटा, सुरन्द्र पौडेल, रमेश पौडेल, सुमन ढुंगाना, सुमन गुरुङ, विश्व सुवेदी, एमवि आस्था, जमूना वर्षा, राजन पोखरेल, सुसन घिमिरे, तारा चापागाई, माधव वराल, विश्व सुवेदी, राजाराम पौडेल, अनिसा वराल, दुर्गा भण्डारी, जैनव खातुन लगायतले सहभागिता थियो ।

Facebook Comments