अननशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रियो

धनगढी कात्तिक २४ । सात दिनदेखि डडेल्धुरामा अननशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ।

अस्पतालका अनुसार डाक्टर केसीको ब्लड प्रेसर घट्न लागेको, मुटुको चाल बढेको, रगतमा अक्सिजनको मात्रा घटेको, मृगौलामा समस्या देखिएको र शारीरिक अवस्था पनि कमजोर बन्दै गएकोले उनलाई सुरक्षित स्थानमा लैजान आवश्यक छ।

अस्पतालमा आईसियु, एविजी सेवा नरहेको र दक्ष जनशक्तिको अभाव भएकोले अन्यत्र लैजान अपिल गरिएको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्ड डाक्टर जितेन्द्र कँडेलले बताए। डडेल्धुरा अस्पताल कुनै पनि किसिमको जटिलता व्यवस्थापन गर्न सक्ने अवस्थामा नरहेको समेत कँडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

डाक्टर केसीले जिल्ला सदरमुकामस्थित डडेल्धुरा अस्पतालबाट झण्डै एक सय मिटरको दूरीमा सञ्चालनमा रहेको निर्मल कलौनीको तेस्रो तलाको एउटा चिसो कोठामा गत सोमबारदेखि आफ्नो १७ औँ सत्याग्रह सुरु गरेका थिए। उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो।

Facebook Comments