अदालतमा आलमको बयान रोकियो

काठमाडौं कात्तिक १९ । सांसद मोहम्मद अफताब आलमको रौतहट जिल्ला अदालतमा भइरहेको बयान रोकिएको छ । आलमका कानुन व्यवसायीहरुले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध गरेपछि बयान रोकिएको हो ।

आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा मंगलबारदेखि अदालतमा आलमको बयान लिइएको थियो । अनलाइनखबर

Facebook Comments