अदालतद्धारा महरालाई पक्राउ गर्न प्रहरीलाई अनुमति प्रदान, साँझसम्म पक्राउ पर्ने संभावना

आरजू /पोखरा, असोज १९-निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले आज प्रहरीलाई अनुमति प्रदान गरेको छ ।

संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले महरामाथि यौन दुव्र्यवहार गरेको किटानी जाहेरी शनिवार प्रहरीमा दर्ता गराएपछि महरालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरी अदालतको अनुमति लिन गएको हो ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले महरामाथि उच्च निगरानी राखेको बताईएको छ ।

अदालतले महरालाई पक्राउ गरेर अनुसन्धान गर्नको लागि अनुमति दिएपछि महरालाई नियन्त्रणमा लिएर घटनाका बारेमा छानबिन गर्न प्रहरीलाई सजिलो भएको छ । अदालतबाट पक्राउ गर्ने अनुमति पाएपछि प्रहरीले यथासिघ्र महरालाई पक्राउ गर्ने तयारी गरीरहेको छ । श्रोतका अनुसार आज साँझसम्म महरालाई पक्राउ पर्ने संभावना छ ।

नयाँ जारि भएको मुलुकी फौजदारी संहिताले कुनै व्यक्तिलाई पक्राउ गर्नु पर्यो भने पक्राउ अगाडी अदालतको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

आफुमाथि महराबाट बलात्कारको प्रयास भएको भन्दै रोशनी शाहीले शनिवार महराविरूद्ध शाहीले महरालाई वलात्कारको प्रयास गरेको, आफुमाथि हिंसा भएको किटानी जाहेरीे शनिवार महानगरीय प्रहरी वृत्त बानेश्वरमा दिएकि थिईन ।

शाहीमाथिको यो घटना असोज १२ गते राति घटेको हो । घटनापछि शाहीले मिडियालाई महराले आफूलाई बलात्कार, हातपात गरेको र आफ्नो शरीरका निलडाम देखाएकि थिईन ।

प्रहरी श्रोतका अनुसार गहिरो गरि अनुसन्धान भईरहेको छ भने कुनै त्रुटि हुन दिईने छैन ।photo social media :The Independent

Facebook Comments